बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यी प्रदेशमा वर्षाको सम्भावना, यस्तो हुनेछ आगामी तीन दिनको मौसम 

यी प्रदेशमा वर्षाको सम्भावना, यस्तो हुनेछ आगामी तीन दिनको मौसम 

देशका चार प्रदेशको मौसम बद्लिनुका साथै केहि स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ । 
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं- देशका चार प्रदेशको मौसम बद्लिनुका साथै केहि स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ का पहाडी भू–भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ । 

महाशाखाबाट जारी बुलेटिनमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएकाले केहि पहाडी भूभागबाहेक अन्यत्रको मौसम सामान्यतया सफा रहने छ । 

शुक्रबार र शनिबार पनि देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। 

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षा हुने क्षेत्रमा थप चिसो बढ्ने भएकाले सतर्क हुन पनि महाशाखो अपिल गरेको छ । 

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस छ भने जुम्लाको १.९ डिग्री सेल्सियसमा झरेको छ । चिसो क्रमशः बढ्ने क्रममा रहेको मौसमविद्हरुले बताएका छन् । 

यस्तो हुनेछ आगामी तीन दिनको मौसम 

मंसिर १८ गते (बिहिबार)

दिउँसो : लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

राति : लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।देशका बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

मंसिर १९ गते (शुक्रबार)

दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम आंशिक बदली रहनेछ । 

राति : देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम आंशिक बदली रहनेछ ।

मंसिर २० गते (शनिबार)

दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम आंशिक बदली रहनेछ । 

राति : प्रदेश १ तथा बाकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम आंशिक बदली रहनेछ ।

प्रकाशित: Dec 03, 2020| 02:44 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।