आइतबार, असार २८, २०८३

युभेन्टसको जितमा रोनाल्डोले गरे ७५० औं गोल

च्याम्पियन्स लिगको बुधबार राति सम्पन्न खेलमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेल जीवनको ७५० औं गोल गरेका छन्।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं- च्याम्पियन्स लिगको बुधबार राति सम्पन्न खेलमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेल जीवनको ७५० औं गोल गरेका छन्।

घरेलु मैदानमा डायनामो किवविरुद्ध युभेन्टसलाई जित दिलाउने क्रममा उनले ७५० गोल पुरा गरे। खेलको ५७ औं मिनेटम अल्वेरो मोराटाले दिएको पासको सदुपयोग गर्दै रोनाल्डोले गोल गरेका हुन्।

यसअघि खेलको २१ औं मिनेटमा फेडेरिको चिइसाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने ६० औं मिनेटमा मोराटाले गोल गर्दै घरेलु टिमलाई सहज जित दिलाए।

दुई खेल अगावै समूह एफ बाट च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश पाएको युभेन्सटले गएरातिको जितसँगै १२ अंक बनाएको छ।

युभेन्टसले जितेको खेल फ्रेन्च रेफ्री स्टेफन फ्रापार्टले खलाएकी थिइन्। उनी च्याम्पियन्स लिगमा रेफ्रीको भूमिका निर्वाह गर्ने पहिलो महिलासमेत हुन्। 

उनले रोनाल्डोले गरेको गोलको भिएआर चेक गरेर मात्र गोल मान्यता दिएकी थिइन्।

रोनाल्डोले खेल केरियरमा ७५० गोल गर्दा सुरुवाती पाँच गोल स्पोर्टिङ क्लब लिस्बनबाट गरेका थिए। त्यसपछि म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डोले त्यहाँ ११८ गोल गरे।

त्यस्तै स्पेनिस क्लब रियल मड्रिडबाट ४५० गोल गरेका रोनाल्डोले इटालियन क्लब युभेन्टसबाट पनि ७५ गोल गरिसकेका छन्।

उनले नेशनल ड्युटीमा रहँदा पनि १०२ गोलको कोशेढुंगा पार गरेका छन्।

प्रकाशित: Dec 03, 2020| 02:39 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।