आइतबार, असार २८, २०८३

डर्टमुन्ड च्याम्पियन्स लिगको अन्तिम १६ मा

जर्मन क्लब बोरुसिया डर्टमुन्ड च्यापियन्स लिगको बुधबार राति सम्पन्न खेलमा इटालियन क्लब लाजियोसँग बराबरीमा रोकिएको छ।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं– जर्मन क्लब बोरुसिया डर्टमुन्ड च्यापियन्स लिगको बुधबार राति सम्पन्न खेलमा इटालियन क्लब लाजियोसँग बराबरीमा रोकिएको छ।

डर्टमुन्डको मैदानमा सम्पन्न खेल १–१ गोलको बराबरीमा रोकिए पनि ऊ समूह एफबाट नकआउट खेल्ने टुंगो लागेको छ।

डर्टमुन्डका राफेल गुइरेरोले ४४ औं मिनेटमा गोल गरेर बनाएको अग्रता सिरो इमोवाइलले ६७ औं मिनेटमा बराबरी गरेपछि खेल बराबरीमा रोकिएको थियो।

क्लबका लागि शीर्ष गोलकर्ता इर्लिङ ब्रुट हाल्यान्ड ह्यामस्ट्रिङ इन्ज्युरीका कारण मैदानबाहिर छन्। उनले जारी लिग ६ गोल गरिसकेका छन्। यसकाण खेलको पहिलो हाफमा डर्टमुन्डले फरवार्ड लाइनमा उनको अनुपस्थित महशुस गरेको थियो।

यता लाजियोलाई अघिल्लो चरणमा जानका लागि अर्को एक खेलमा जित वा बराबरी आवश्यक पर्ने भएको छ।

समूह इफमा डर्टमुन्ड १० अंकका साथ शीर्षस्थानमा छ भने लाजियो ९ अंकका साथ दोस्रो स्थानमा छ। त्यस्तै, क्लब ब्रुग ७ अंकका साथ तेस्रो स्थानमा छ।
गएराति नै सम्पन्न खेलमा क्लब ब्रुगले जेन्टलाई ३–० गोलले हराएको छ।
 

प्रकाशित: Dec 03, 2020| 02:05 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।