बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना, बेहुला-बेहुलीसहित १३ घाइते

कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना, बेहुला-बेहुलीसहित १३ घाइते

 कैलालीमा विवाहको गाडी दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १३ जना घाइते भएका छन् । चालकसहितका ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

धनगढी- कैलालीमा विवाहको गाडी दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १३ जना घाइते भएका छन् । चालकसहितका ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बैतडीबाट जन्ती लिएर कञ्चनपुर जाँदै गरेको भीमदत्त राजमार्ग अन्तरगत सुपप्र ०१००१ नम्बरको विङ्गर बुधबार राति ११ बजेतिर कैलालीको गोदावरी नगरपालिका–४, गाइमारामा दुर्घटना भएको हाे ।
 
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा दुलाह कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोबिन्द लुहार र दुलही बैतडीको दोगडाकेदार गाउँपालिकाकी १९ वर्षीया डम्मरा लुहार पनि घाइते भएका छन्। 

उनीहरुको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये ६ वर्षीय प्रदिप चौधरी, राधा चौधरी, राजु पार्की र सवारी चालक बिरबहादुर सार्कीको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए । 

गम्भीर घाइते प्रदिप चौधरीको र बिरबहादुर सार्कीको धनगढीस्थित माया मेट्रो अस्पताल तथा राधा चौधरी, राजु पार्कीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको बिष्टले बताए । 

विङ्गर सडकबाट २ सय मिटर तल झरेको उनले बताए ।

प्रकाशित: Dec 03, 2020| 01:49 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।