आइतबार, असार २८, २०८३

जिरउडले ४ गोल गर्दा चेल्सीको सानदार जित

सेभियाको रोमन सन्चेज रंगशालामा बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको खेलमा प्रिमियर क्लब चेल्सीले घरेलु टिमविरुद्ध ४–० गोलको फराकिलो जित निकालेको हो।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं– फरवार्ड ओलिभर जिरउडले ४ गोल गर्दा चेल्सीले स्पेनिस क्लब सेभियामाथी फराकिलो जित निकालेको छ।

सेभियाको रोमन सन्चेज रंगशालामा बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको खेलमा प्रिमियर क्लब चेल्सीले घरेलु टिमविरुद्ध ४–० गोलको फराकिलो जित निकालेको हो।

जितका लागि सबै गोल जिरउडले गरे। उनले आठौं मिनेटमा गरेको गोलका लागि कइ हभार्टजले पास उपलब्ध गराएका थिए। त्यस्तै, ५४ औं मिनेट र ७४ औं मिनेटको गोलका लागि क्रमशः माटियो कोभासिच र एनगोलो कान्टेले पास दिएका थिए।

उनले अन्तिम गोल भने पनाल्टीमार्फत् गरे। तर जिराउडलाई ८४ औं मिनेटमा विस्थापन गर्दै मैदान छिरेका टिमो वेर्नरले भने गोल गर्न सकेनन्।

गएरातिको जितसँगै १३ अंक बनाएको चेल्सी समूह ईको शीर्षस्थानमा छ। जारी सिजनमा उसको अपराजित यात्रा कायमै छ। 

जर्मन फरवार्ड टिमो वेर्नर र टामी अब्राहमका कारण मैदानमा कम अवसर पाएका जिरउडले आफ्नो सानदार प्रदर्शन काय राखेका छन्। पछिल्लो सिजनको सबैजसो खेलको सुरुवाती रोजाइमा पर्ने गरे पनि जारी सिजनमा प्रशिक्षक फ्रांक लाम्पार्डले उनाई बेञ्चमा धेरै, खेलमा कम स्थान दिएका छन्।

तर गएरातिको खेलमा लाम्पार्ड पनि जिरउडसँग सन्तुष्ट छन्। ‘उनी अल्टिमेट व्यवसायिक खेलाडी हुन्। फ्रान्समा र च्याम्पियन्स लिगमा उनको गोल देख्न सक्नुहुन्छ।’

उनले थपे, ‘उनी खेलमा लगातार उपस्थित थिएनन। तर जब उनमा सकारात्मक परिवर्तन आयो मैले उनलाई खेलामा ल्याएको हुँ। कसरी प्रशिक्षणमा सहभागी भएका छन्, कसरी मानिसलाई प्रभाव पार्न सक्छन भन्ने कुराले उनी सुरुवाती रोजाइमा पर्ने नपर्ने निधो गर्छ।’

समूह ई अन्तर्गतकै अर्को खेलमा क्रस्नोदरले रेन्निसविरुद्ध १–० गोलको संघर्षपूर्ण जित निकालेको छ। तर यि दुवै टिम लिगको समूह चरणबाटै बाहिरिएका छन्।
 

प्रकाशित: Dec 03, 2020| 01:42 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।