आइतबार, असार २८, २०८३

पीएसजी र युनाइटेडको भिडन्तले बढायो समूहको प्रतिस्पर्धा

बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको खेलमा पेरिस सेन्ट जर्मेन(पीएसजी)ले म्यानचेस्टर युनाइटेडलाई हराएसँगै समूहको प्रतिस्पर्धा बढेको छ।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं– बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको खेलमा पेरिस सेन्ट जर्मेन(पीएसजी)ले म्यानचेस्टर युनाइटेडलाई हराएसँगै समूहको प्रतिस्पर्धा बढेको छ।

युनाइटेडको मैदानमा ब्राजिलियन फरवार्ड नेयमारले दुई गोल गरेपछि पीएसजीले घरेलु टिमविरुद्ध ३–१ गोलको जित निकालेको थियो।

सोही जितसँगै समूह एचमा शीर्ष तीन टिमको अंक समान छ। शीर्षस्थानको पीएसजी, दोस्रो स्थानको युनाइटेड र तेस्रोस्थानको लाईप्जिकको समान ९ अंक छ। यी सबै टिमले पाँच खेल खेलेका छन्।

यसकारण बाँकी एक खेलमा नकआउट चरणको लागि पेचिलो प्रतिस्पर्धा हुने भएको छ। समूहमा गएराति नै सम्पन्न अर्को खेलमा लाइप्जिकले पुछारको स्तानबुललाई ४–३ गोलले हराउँदै अंकतालिकामा ९ अंक जोडेको थियो।

यता पुछारको स्तानबुल भने समूह चरणबाटै बाहिरिसकेको छ।

युनाइटेड र पीएसजीको खेलमा नेयमारले छैटौं र इन्ज्युरी समयमा गोल गरेका थिए। त्यसबीच ६९ औं मिनेट माक्र्विन्होसले गोल गरे।

त्यसअघि पहिलो हाफको ३२ औं मिनेटमा युनाइटेडका रासफार्डले गोल गर्दै खेललाई बराबरीमा ल्याए पनि दोस्रो हाफको गोलका कारण पीएसजीले जित निकालेको हो।

त्यस्तै, दोस्रो खेलमा स्तानबुलका इर्फान खावेसीले ह्याट्रिक गरे पनि जर्मन क्लब लाइप्जिकविरुद्ध जित निकाल्न पर्याप्त भएन।

जर्मन साइडका लागि युसुफ पोउलसेन, नोर्दी मुकिइले, ड्यानी ओलमो र अलेक्जेन्डर सोरलोठले समान १–१ गोल गरेपछि लाइप्जिकले जित निकालेको थियो।
 

प्रकाशित: Dec 03, 2020| 01:03 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।