मंगलबार, चैत ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • च्याम्पियन्स लिग : मेस्सीबिनाको खेलमा बार्सिलोनाको लगातार पाँचौ जित

च्याम्पियन्स लिग : मेस्सीबिनाको खेलमा बार्सिलोनाको लगातार पाँचौ जित

च्याम्पियन्स लिग अन्तर्गत बुधबार रातिको खेलमा बार्सिलोनाले लगातार पाँचौ जित निकालेको छ।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाठौं– च्याम्पियन्स लिग अन्तर्गत बुधबार रातिको खेलमा बार्सिलोनाले लगातार पाँचौ जित निकालेको छ।

National life

फेरेन्कवरेसको पुस्कस एरिनामा सम्पन्न खेलमा बार्सिलोेनाले घरेलु टिमविरुद्ध ३–० गोलको जित निकालेको हो।

ग्लोलब आइकल लियोनेल मेस्सीरहित खेलमा बार्सिलोनाको जितका लागि एन्टोेनी ग्रिजम्यान, मार्टिन ब्रेथवेट र ओउसमान डेम्बेलेले समान १–१ गोल गरे।

खेलको १४ औं मिनेटमा जोर्डी अल्वाले दिएको पासलाई सदुपयोग गर्दै ग्रिजम्यानले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसको ६ मिनेटमै ब्रेथवेटले गोल थप्दै बार्सिलोनाको अग्रतालाई दोब्बर बनाइहाले। यता खेलको २६ औं मिनेटमा घरेलु टिमको डिबक्स एरियामा ब्रथवेटमाथि फल भएपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो।

Laxmi sunrise bank
kumari

पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै डेम्बेलेले क्लबको तेस्रो गोल गरे। यससँगै पहिलो हाफमै तीन गोलले अघि रहेको बर्सिलोनाले सोही नतिजाका साथ खेल जित्यो।

जितसहित १६ अंक जोडेको क्याटलान क्लब समूह जीको शीर्षस्थानमा छ भने पराजित फेरेन्कवरेस एक अंकका साथ पुछारमा छ।

बार्सिलोनाले सन् २००२–०३ यता पहिलो पटक समूह चरणको सुरुवाती पाँच खेलमा जित निकालेको हो भने २०१६–१७ यता सबैभन्दा धेरै १६ गोल गरेको थियो।
उसले २०१६–१७ कोे समूह चरणको खेलमा २० गोल गरेको थियो। 
 

प्रकाशित: Dec 03, 2020| 00:35 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।