बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंकले ल्यायो ‘भिसा कन्ट्याक्टलेस’ कार्ड सेवा

महालक्ष्मी विकास बैंकले ल्यायो ‘भिसा कन्ट्याक्टलेस’ कार्ड सेवा

महालक्ष्मी विकास बैंकले ‘भिसा कन्ट्याक्टलेस’ कार्ड सेवा सञ्चालनमा ल्याएको छ। 
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं। महालक्ष्मी विकास बैंकले ‘भिसा कन्ट्याक्टलेस’ कार्ड सेवा सञ्चालनमा ल्याएको छ। 

यो सेवा सञ्चालनमा आएसँगै अब प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले पीओएस टर्मिनलबाट रकम भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार यो एनएफसी (निअर फिल्ड कम्युनिकेसन)मा आधारित प्रविधि हो। यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने बैंकको भनाइ छ। 

विकास बैंकमध्ये यो सेवा सञ्चालनमा ल्याउने आफू प्रथम बैंक भएको महालक्ष्मी बैंकको दाबी छ। 

बैंकले देशका १०३ वटा शाखामार्फत् सेवा प्रदान गरिरहेको छ।

प्रकाशित: Dec 02, 2020| 14:07 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्