काठमाडौं। एनसेलले प्रिपेड ग्राहकका लागि दुईवटा नयाँ भ्वाइस प्याक याेजना ल्याएको छ।
एक घण्टा र तीन दिनको समयसीमा भएको भ्वाइस प्याक ग्राहकमाझ ल्याइएको हो।
यी प्याकहरू भोलि बिहीबारबाट लागू हुनेछन्।
एनसेलका अनुसार ग्राहकले करसहित १७ रूपैयाँमा एक घण्टा समयसीमा रहेको ६० मिनेट ‘अन नेट टक टाइम’को फाइदा लिन सक्नेछन्।
यसका लागि *१७११८*८# डायल गर्नु पर्नेछ।
यस्तै तीन दिनको समयसीमा रहेको २२५ मिनेट टक टाइमको प्याक करसहित ४८ रूपैयाँमा सुरु गर्न सक्ने छन्।
यस प्याकमा ग्राहकले तीन दिनसम्म हरेक दिन ७५ मिनेटको हिसाबले अन नेट टक टाइमको फाइदा लिन सक्ने एनसेलले जनाएको छ।
यसका लागि *१७११८*६*२# डायल गर्नु पर्नेछ।