बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अखाद्य तेल उत्पादन गरेकाे पाइएपछि कैलाश धारा तेल उद्याेग सिल

अखाद्य तेल उत्पादन गरेकाे पाइएपछि कैलाश धारा तेल उद्याेग सिल

बाराको अमलेखगंजमा रहेकाे कैलाश धारा तेल उद्याेग सिल गरिएको छ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

पर्सा। बाराको अमलेखगंजमा रहेकाे कैलाश धारा तेल उद्याेग सिल गरिएको छ।

अखाद्य तेल उत्पादन गरेको पाइएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रादेशिक कार्यालय जनकपुरको अनुगमन टोलीले उद्याेग सिल गरेकाे हाे। 

कैलाश कम्पनीको त्रिदेव ब्राण्डको तेलमा अखाद्य पदार्थ मिसावट पाइएकाले उद्याेग सिल गरिएको अनुगमन टोलीका प्रमुख वरिष्ठ खाद्य अधिकृत विजय खनालले जानकारी दिएका छन्। 

‘तेलमा दुर्गन्ध मिसिएकाले खानै नहुने पाइएकाे छ,’ उनले भने, ‘थप परीक्षणका लागि तेलको नमुना संकलन गरी ल्याएका छौँ। ल्याब परीक्षणले अझै विस्तृत खुल्ला।’

प्रादेशिक कार्यलयअन्तर्गतको टोलीमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारी, खाद्य तथा र गुण नियन्त्रण कार्यालय वीरगञ्जका प्रमुख बिकी राउतलगायतको टोलीले उपभोक्ताको गुनासोका आधारमा उद्याेगहरूमा अनुगमन गरिरहेकाे छ। 

सोही टोलीले सिमरामा रहेको स्विट्स हाउसमा पनि अनुगमन गरेकाे थियाे। स्विट्स हाउसमा आवश्यक सुधारका लागि सात दिनको समयावधि दिइएकाे छ। 

प्रकाशित: Dec 02, 2020| 14:41 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।