बिहीबार, भदौ २५, २०८३

४८२ जनाको स्वाब परीक्षण गर्दा ११७ मा कोरोना पुष्टि

गण्डकी प्रदेशमा बुधबार ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

पोखरा- गण्डकी प्रदेशमा बुधबार ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ४८२ स्वाब परीक्षण गर्दा ११७ जनामा पोजेटिभ देखिएको हो।

कोरोना पुष्टि हुनेमा कास्कीका ३५, लमजुङका २५, तनहुँका २३, गोरखाका १७, बागलुङका १०, पर्वतका ३, स्याङ्जाका २, नवलपुर र मुस्ताङका १ जना छन्। 

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १२ हजार २९७ पुगेको छ। संक्रमितमध्ये ७ हजार २४३ जना निको भएका छन्।

संक्रमितमध्ये १६२ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए। बुधबार २ संक्रमितको मृत्यु भएको छ। 

कास्की र नवलपुरका १/१ संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा पोखरा महानगरपालिका १४ की ४८ वर्षीया महिला र नवलपुरको कावासोती नगरपालिका १४ का ७८ वर्षीय पुरुष छन्।

नवलपुरका संक्रमितको मध्यविन्दु जिल्ला अस्पताल र पोखराका संक्रमितको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको निर्देशक शर्माले जानकारी दिए।

प्रकाशित: Dec 02, 2020| 14:40 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।