बिहीबार, भदौ २५, २०८३

भन्सार छलीका गाईबस्तु प्रहरीको नियन्त्रणमा

रौतहट प्रहरीले भन्सार छलेर भारत लैजाँदै गरिएका गाईबस्तु नियन्त्रणमा लिएको छ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

पर्सा- रौतहट प्रहरीले भन्सार छलेर भारत लैजाँदै गरिएका गाईबस्तु नियन्त्रणमा लिएको छ।

प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरी गस्ती टोलीले ईशनाथ नगरपालिका वडा नं. ९ डुमरिया हुँदै लौतना तर्फ जाने बाटोबाट गाईबस्तु नियन्त्रणमा लिएको हो।

प्रहरीले एक लाख पच्चिस हजार बराबरको १३ वटा गाईबस्तु नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार नेपालबाट भारत तर्फ लादैं गरेको अवस्थामा गाईबस्तु नियन्त्रणमा लिएको हो।

सीमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्न गस्तीमा रहेका प्रहरी टोलीलाई देख्नासाथ तस्करहरु फरार भएको प्रहरीको दाबी छ।

नियन्त्रणमा लिएको गाइबस्तु गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: Dec 02, 2020| 13:50 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।