बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने दिवास्वप्‍न नदेख्‍न उपेन्द्र यादवकाे चेतावनी

संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने दिवास्वप्‍न नदेख्‍न उपेन्द्र यादवकाे चेतावनी

जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने दिवास्वप्न नदेख्न चेतावनी दिएका छन्। 
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

जनकपुरधाम- जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने दिवास्वप्न नदेख्न चेतावनी दिएका छन्। 

महोत्तरीको रौजामा बुधबार आयोजित रौजा मजार सौन्दर्यीकरण योजनाको शिलान्यास गर्दै यादवले नेकपा नेतृत्वको सरकारले संघीयतालाई समाप्त गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका हुन्। 

वर्तमान सरकारमा संघीय लोकतान्त्रिक गणतन्त्रको भावना विपरीत संघीयता विरोधी र सर्वसत्तावादी चरित्र हाबी भएको अध्यक्ष यादवकाे भनाइ छ। 

‘सशस्त्र विद्रोह, जनआन्दोलन र मधेश विद्रोहबाट परास्त भइसकेका शक्तिहरूसँग मोर्चाबन्दी गर्दै सरकारले संघीयता समाप्त पार्ने षड्यन्त्र गर्दैछ,’ यादवले भने। 

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को विकासको प्रमुख आधारहरूमध्ये महत्त्वपूर्ण आधार धार्मिक पर्यटन रहेकाले प्रदेश सरकार धार्मिक पर्यटकीय स्थलहरूको विकासमा जोड दिएको बताए। 

मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत शिलान्यास गरिएको उक्त योजनाकाे लागत ११ करोड ९० लाख रूपैयाँ रहेको मुख्मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रकाशित: Dec 02, 2020| 13:45 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।