बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई लक्षित गर्दै नेपालले भने– कसैको पनि अधिनायकवाद र मनपरीतन्त्र सहिँदैन

ओलीलाई लक्षित गर्दै नेपालले भने– कसैको पनि अधिनायकवाद र मनपरीतन्त्र सहिँदैन

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र कसैको पनि अधिनायकवाद र मनपरीतन्त्र नसहिने बताएका छन्।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र कसैको पनि अधिनायकवाद र मनपरीतन्त्र नसहिने बताएका छन्।

आजको वाम आन्दोलन संकट र अबको बाटो विषयक भर्चुअल गोष्ठीमा बोल्दै नेता नेपालले पार्टी विधि र पद्धतिमा अघि बढ्नुपर्ने बताए। 

‘पार्टी विधि, विधानअनुसार चल्नुपर्छ। त्यो भयो भने अहिले नेकपाभित्र देखिएको विवाद समाधान हुन्छ,’ उनले भने,‘तर, अहिले केही नेताहरुमा अहंकार, व्यक्तिवादी प्रवृत्ति पैदा भएर समस्या देखियो।’

आफूहरु सबै पार्टीका एक सिपाही भएको चर्चा गर्दै नेता नेपालले पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको र त्यो पूरा गर्नेतर्फ सबै गम्भीर हुनुपर्ने धारणा राखे। 

‘पार्टीभित्र देखिएको विवाद समाधानका लागि हामी बसेर छलफल गरिरहेका छौं। आज पनि बसेर छलफल गरेका छौं,’ उनले भने। पार्टी कमिटीका बैठक समयमा नबस्दा समस्या देखिएको भन्दै उनले अनन्त कालसम्म लम्ब्याउने काम गर्न नहुने बताए।

सामाजिक सञ्जालमा नेताहरुविरुद्ध व्यक्त गरिने विचारप्रति लक्षित गर्दै उनले पार्टीभित्रको अराजक प्रवृतिलाई सुधार्नुपर्ने र नसुध्रिए त्यस्ता प्रवृतिका मानिसहरुलाई विदा गर्नुपर्ने धारणा राखे। ‘धम्की धमासा देखाउने, अध्यादेश ल्याउँछु भन्ने, संसद विघटन गरिदिन्छु लगायतका कुरा गरेर तर्साउन खोजेर केही हुँदैन,’ उनले भने,‘गलत प्रवृतिविरुद्ध दृढता साथ डटेर अघि बढिन्छ।’ 

विचार र सिद्धान्तको जगमा पार्टी एकीकरण भएको भन्दै नेता नेपालले अब पछाडि फर्किने कसैलाई अनुमति पनि नभएको र त्यसको कुनै आधार पनि नभएको बताए। 

‘पूर्व एमाले र पूर्व माओवादी अब रहेनन्। पार्टी नेकपा भइसकेको छ,’ उनले भने,‘राजनीतिक प्रतिवेदन र अन्तरिम विधानबाट पार्टी चलेको छ।’ पार्टीभित्र पनि विधान मान्न अनिवार्य रहेको भन्दै उनले नमान्ने छुट कसैलाई पनि नहुने बताए।

प्रकाशित: Dec 02, 2020| 12:59 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।