बिहीबार, भदौ २५, २०८३

ओली सरकार अधिनायकवादतर्फ लाग्यो : रामचन्द्र पौडेल

तनहुँको व्यस नगरपालिकास्थित बुल्दी खोलामा बनेको पुल उद्घाटन गर्न जाने क्रममा पक्राउ परेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार अधिनाकयवादतर्फ अघि बढेको आरोप लगाएका छन्। 
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

तनहुँ– तनहुँको ब्यास नगरपालिकाको बुल्दी खोलामा पुल उद्घाटन गर्न जाने क्रममा पक्राउ परेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार अधिनाकयवादतर्फ अघि बढेको आरोप लगाएका छन्।

उनी पुल उद्घाटन गर्न जाँदा नेकपा कार्यकर्ताले विरोध गरेका थिए। प्रशासनले झडप हुने सम्भावना भन्दै निषेध आदेश जारी गर्‍यो। निषेध आदेशकै बीच पुल उद्घाटन हिँडेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर साँझ छोडिसकेको छ। 

पौडेलसँगै प्रदेश सांसद सरिता गुरुङ र अन्य नेताकार्यकर्ता समेत पक्राउ परेका थिए। प्रहरी धरपकडका क्रममा केही नेताकार्यकर्तालाई सामान्य चोटपटक लागेको छ। 

रिहाइपछि कार्यकर्तालाई सम्बाेधन गर्दै पौडेलले आफूलाई केपी ओली सरकारले सुनियोजित ढंगले पक्राउ गरेको र यसको देशभर नै प्रतिकार हुने बताए।

उनले आफूलाई उपभोक्ता समिति र नगरपालिकाले प्रमुख अथितिका रुपमा बोलाएकाले पुल उदघाटन गर्न गएको भन्दै ओली सरकार अधिनायकवाद र फासीवादतर्फ अगाडि बढेको आरोप लगाए।

उनले कांग्रेसको सरकारका पालामा बजेट विनियोजन गरेर निर्माण सम्पन्न भएको पुल उद्घाटन गर्न नदिनु अधिनायकवाद भएको जिकिर गरे।

कांग्रेस सरकारले नै बजेट हालेर पुल बनाएको र पुल निर्माण गर्ने उपभोक्ता समिति र सम्बन्धित नगरपालिकाले आफूलाई उद्घाटनका लागि बोलाउँदा सरकार आत्तिएको उनको टिप्पणी छ।

वरिष्ठ नेता पौडेलले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर आफूले पुल उद्घाटन गर्ने तयारी गरेको, यसबारे प्रमुख जिल्ला अधिकारीलाई हिजो साँझ नै जानकारी दिएको तर सरकारले तस्करहरुसँग मिलेर उद्घाटनमा बखेडा गरेको आरोप लगाए।

प्रहरीले धरपकड गरेर आफूलाई नियन्त्रणमा लिएकोमा आपत्ति प्रकट गर्दै पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली अलोकतान्त्रिक भएको टिप्पणी गरे।

उनले बहुदल र लोकतन्त्र ल्याउन ओलीको कुनै पनि भूमिका नभएको टिप्पणीसमेत गरे।
 

प्रकाशित: Dec 02, 2020| 12:40 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।