आइतबार, असार २८, २०८३

एकदिवसीय सिरिजको अन्तिम खेलमा भारतलाई सान्त्वना जित

अष्ट्रेलिया भ्रमणमा रहेको भारतले एकदिवसीय सिरिज अन्तर्गतको अन्तिम खेलमा घरेलु टिमविरुद्ध सान्त्वना जित निकालेको छ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं– अष्ट्रेलिया भ्रमणमा रहेको भारतले एकदिवसीय सिरिज अन्तर्गतको अन्तिम खेलमा घरेलु टिमविरुद्ध सान्त्वना जित निकालेको छ। क्यानबेरा रंगशालामा सम्पन्न खेलमा भारतले आयोजक अष्ट्रेलियाविरुद्ध १३ रनको जित निकालेको हो।

टस जितेर ब्याटिङ रोजेको इन्डियाले पूरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा ३०२ रन बनाएको थियो। ३०३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया २८९ रनमा अलआउट भएपछि भारतले सान्त्वना जित निकालेको हो।

भारतका लागि हार्दिक पाण्ड्याले ९२ रनको अर्धशतकीय पारी खले। साथै रविन्द्र जाडेजाले ६६ रन बनाउादा विराट कोहलीले ६३ रन बनाए।

त्यस्तै, शिखर धवनले १६, शुभमन गिलले ३३ र श्रेयस अयरले १९ रन ल्याए।

यता अष्ट्रेलियाका अश्टोन अगरले दुई विकेट लिए भने जोश हाज्लेवुड, पनि अब्बोल्ट र एडम जम्पाले समान १–१ विकेट लिए।

जवाफी ब्याटिङमा आएको अष्ट्रेलियाका आरोन फिन्चले सर्वाधिक ७५ रन बनाए। त्यस्तै, ग्लेन म्याक्सवेलले ५९, एलेक्स क्यारीले ३८, मोइसेस हेनरिचले २२, क्यामरुन ग्रिनले २१ रन बनाए भने स्टिभ स्मिथ ७ रनमै आउट भए।

यता अष्ट्रेलियालाई लक्ष्य भेट्न नदिन भारतका श्रदुल ठाकुरले तीन विकेट चट्काए भने जसप्रिम बुमराह र डेब्यु गरेका खेलाडी टी नटराजनले समान २–२ विकेट लिए।

एक विकेट लिनेमा कुलदिप यादव र रविन्द्र जाडेजा रहे। अन्तिम खेलमा जित निकालेसँगै तीन खेलको सिरिज भारतले २–१ ले गुमाएको छ।

अब भारतले आयोजक अष्ट्रेलियासँग तीन खेलको टी–२० श्रृंखला र चार खेलको टेस्ट खेल्नेछ।
 

प्रकाशित: Dec 02, 2020| 12:02 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।