आइतबार, असार २८, २०८३

कोरोनामुक्त भएपछि क्रिकेटर लामिछाने भन्छन्- खेल्न आतुर छु

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने कोरोनामुक्त भएका छन्।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने कोरोनामुक्त भएका छन्। उनले सामाजिक सञ्जालमार्फत् आफू कोरोनामुक्त भएको जानकारी दिएका हुन्।

‘दश दिनको आइसोलेसनपछि भर्खरै गरिएको मेरो काभिड–१९ टेस्ट नेगेटिभ आएको छ,’ उनले लेखेका छन्।

उनले आफ्नो स्वास्थ्यलाको कामना गर्ने सबैलाई समाजिक सञ्जालबाटै धन्यवादसमेत दिएका छन्।

‘म मैदानमा उफ्रन र मेरो टिमका लागि उत्कृष्ट प्रदर्शन गर्न आतुर छु। म फर्किएँ, हो, म फर्किएँ,’ उनले अन्तिममा लेखेका छन्।

इन्डियन प्रिमियर लिगका सहभागी बनेर नेपाल फर्किएका लामिछानेलाई कोरोना पुष्टि भएपछि उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पनि सहभागी थिएनन्।

नेपाली राष्ट्रिय टिमको गत मंसिर ११ गतेबाट बन्द प्रशिक्षण सुरु भएको छ। मंसिर ९ गते गरिएको परीक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र ब्याट्स्मेन रोहित कुमार पौडेलको कोरोना पोजेटिभ आएपछि उनीहरु पनि आइसोलेसनमा थिए।

उनीहरु अहिले प्रशिक्षणमा फर्किसकेका छन्।

प्रकाशित: Dec 02, 2020| 11:33 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।