बिहीबार, भदौ २५, २०८३

सरकारले नखोल्न भनेका सेवाहरु अझै १५ दिन बन्द हुने

सरकारले नखोल्न भनेका सेवा तथा स्थानहरु अझै १५ दिन खोल्न नपाइने भएको छ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं- सरकारले नखोल्न भनेका सेवा तथा स्थानहरु अझै १५ दिन खोल्न नपाइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमले आगामी १५ दिनको कोरोना संक्रमणको अवस्था हेरेर मात्रै हालसम्म जारी जनस्वास्थ्यका मापदण्डका विषयमा पुनरावलोकन गर्ने  बताएका छन्।

सिनेमा हल, रात्रीकालीन व्यवसाय, सभा सम्मेलन, भिडभाड हुने स्थानहरु र जनस्वास्थ्यका मापदण्ड उल्लंघन हुने खालका संस्था तथा व्यवसाय नखोल्न मन्त्रालयले निर्देशन दिएको हो।

मंसिरपछि विद्यालय खोल्दा थोरै विद्यार्थी भएका ठाउँबाट मात्रै जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरी खोल्न पाउने मन्त्रालयले जनाएको छ।

जसका लागि स्वास्थ्य सेवा विभागको समन्वयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई पत्र लेखी पठाउनुपर्नेछ।

प्रकाशित: Dec 02, 2020| 11:07 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।