मंगलबार, चैत १०, २०८२

स्तन क्यान्सर : समस्यासँगै आशा पनि

स्तन क्यान्सरका बिरामी अधिकांश ग्रामीण इलाका वा साना सहरका महिला हुन्छन्। उनीहरुले आफ्नो रोगभन्दा बढी आफ्नो परिवार–बच्चालाई ध्यान दिन्छन्।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

नयाँ दिल्ली : दिल्लीको तिलक नगर क्षेत्रकाे गुरुनानकपुरा पुरानो  बस्ती हो। धेरै गल्ली पार गरेपछि  त्यहाँ पुगिन्छ। गल्लीको तेस्रो घरको छतमा एक महिला बीबीसी हिन्दीको टोलीको प्रतीक्षामा थिइन्। ३४ वर्षीया राधा रानीले  यही वर्षको अगस्टबाट सानो घर भाडामा लिएकी छन्। जहाँ उनी दुई बच्चासहित बस्छन्। 

National life

'लकडाउन सकिएको दुई महिनापछि मलाई स्तन क्यान्सर भएको पत्ता लाग्यो। हामी जम्मुमा थियौं। जहाँ डाक्टरले दिल्ली आएर पहिले सर्जरी र उपचार गराउने सल्लाह दिए', उनले भनिन्।

राधा रानीका पति जागिरकाे सिलसिलामा श्रीनगरमा छन्। दिल्लीमा भाडाको घर लिएर उपचार गराउनुबाहेक उनको कुनै काम थिएन। उनले निकै समस्यासमेत झेल्नुपर्‍याे। 

'आफन्तले भने–दिल्लीमा उपचार नगराउनू। कोरोना फैलिएको छ। तर मलाई उपचार गराउनु थियो, म आएँ। सर्जरीपछि मेरो किमोथेरापी हुनेवाला थियो। तर त्योभन्दा पहिला कोभिड परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो। जसका कारण मेरो थेरापी एक महिना सर्‍याे', उनले सुनाइन्। 

कोरोना भाइरस र स्तन क्यान्सर 

Laxmi sunrise bank
kumari

जनवरीमा भारतमा कोरोना भाइरसको संक्रमण देखियो। कोरोना रोकथाम र नियन्त्रणका लागि २४ मार्चमा देशव्यापी लकडाउन घोषणा गरियो। अस्पताल र स्वास्थ्यकर्मीको ध्यान महामारी रोकथाममा केन्द्रित भयाे।  

अन्य प्राणघातक रोगको उपचार गराइरहेका मानिसमा ठूलो असर पर्‍याे। खासगरी स्तन क्यान्सरसँग जोडिएका करिब ४० प्रतिशत शल्यक्रिया रोकिए।

भारतमा सन् २०१८ मा स्तन क्यान्सरका कारण ८७ हजारको मृत्यु भएको थियो। जबकि महिलामा हुने क्यान्सरमध्ये २८ प्रतिशतलाई स्तन क्यान्सर भएको थियो।

दिल्लीको मनिपान अस्पतालमा सर्जिकल ओन्कोलोजी प्रमुख र स्तन क्यान्सर विशेषज्ञ डा‍. वेदान्त काबरा भन्छन्, 'भारतमा अमेरिका, इंग्लयान्ड वा क्यानडाजस्तो विकसित देशमा जस्तो कुनै सरकारी स्क्रिनिङ कार्यक्रम छैन। जसका कारण ६० देखि ७० प्रतिशत स्तन क्यान्सरका बिरामी हामीसँग तेस्रो–चौथो स्टेजमा आउँछन्। कोरोना आएपछि स्तन क्यान्सरको शंका भएका बिरामी समेत डरका कारण अस्पताल आएका थिएनन्।'

ब्रिटेनको स्तन क्यान्सर नाउ नामक च्यारिटी संस्थाका अनुसार कोरोना महामारीको समयमा करिब १० लाख ब्रिटिस महिलाले आफ्नो वार्षिक रुपमा गरिने स्तन क्यान्सरको स्क्रिनिङ परीक्षण गराएनन्। अमेरिका र युरोपका देशमा समेत यो समस्या देखियो।

भारतमा स्तन क्यान्सरको स्थिति अझ खतरनाक हुन सक्छ। किनकि पहिलेदेखि नै महिलामा यसको प्रतिशत सबैभन्दा धेरै छ। जानकारहरुका अनुसार आगामी १० वर्षमा स्तन क्यान्सरले अन्य क्यान्सरलाई पछि पार्ने सम्भावना छ। 

भारतमा क्यान्सर अनुसन्धानमा सुरुदेखि नै संलग्न गंगराम, अपोलो र अरटेमिस जस्ता अस्पतालमा ओकोलोजी विभागको कमान्ड सम्हालिसकेका डा‍. राकेश चोपडा भन्छन्, 'सन् २०१९ को तुलनामा यस वर्ष आधाभन्दा कम मात्रै क्यान्सरको शल्यक्रिया भएको छ। यसमा स्तन क्यान्सरको शल्यक्रिया अझ कम छ।' 

उनका अनुसार क्यान्सरका बिरामीमा प्रतिरोध क्षमता अन्य व्यक्तिको तुलनामा निकै कम हुन्छ। स्तन क्यान्सरका बिरामी अधिकांश ग्रामीण इलाका वा साना सहरका महिला हुन्छन्। उनीहरुले आफ्नो रोगभन्दा बढी आफ्नो परिवार–बच्चालाई ध्यान दिन्छन्। त्यसमाथि कोरोना भाइरसको डर छ। 

लखनउमा बस्दै आएकी अनुपमा (नाम परिवर्तन) दुई वर्ष पहिला सासूको उपचार गराउन सञ्जय गान्धी पीजीआई अस्पतामा जान्थिन्। 

एक दिन उनले सासूकी महिला रोग विशेषज्ञ डाक्टरसँग भनिन्, 'पछिल्लो चार महिनामा उनको तौल चार किलो कम भएको छ।'

डाक्टरले तुरुन्तै जाँच गरे। शरीरको धेरै ठाँउमा ससना गाँठा  भेटिएपछि उनको मेमोग्राफी गराइयो। उनलाई तेस्रो चरणको स्तन क्यान्सर भएको पत्ता लाग्यो। स्तनको सर्जरीपछि उनले किमोथेरापी र रेडियोथेरापी गराइन्। गत फेब्रुअरीमा उनमा पुनः क्यान्सरका सेल्स देखिए। यस पटक उनकै उपचार दिल्लीमा सुरु भयो। तर लकडाउन सुरु भएपछि उनको उपचार रोक्नुपर्‍याे।  

'जुन पहिलो साता दिल्लीको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट आएपछि पत्ता लाग्यो कि क्यान्सर फोक्सोसम्म फैलिइसकेको रहेछ। यद्यपि केही क्यान्सर बिरामीको उपचार लकडाउनमा भइरह्यो। तर हामी धेरै डरायौं। अब के हुन्छ थाहा छैन', उनले सुनाइन्। 

दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालका स्तन क्यान्सर विशेषज्ञ डा. आर सरिनका अनुसार लकडाउनअघिसम्म हरेक महिना स्तन क्यान्सरका करिब २००बिरामी फलोअपका लागि पुग्थे। लकडाउनपछि फलोअपका लागि आउने स्तन क्यान्सरका बिरामी संख्या ७० प्रतिशतभन्दा कम भएको छ।

आशाका किरण 

ब्रिटेनको चर्चित पत्रिका द लेन्सेटका अनुसार भारतमा हरेक वर्ष करिब १० लाख नयाँ क्यान्सरका बिरामी थपिन्छन्। तर कोरोनाकालमा क्यान्सरका बिरामीमाथि गहिरो असर परेको छ।

अस्पताल र विशेषज्ञहरुले भने यही बेला क्यान्सरको उपचारमा केही सफल प्रयोगसमेत गरेका छन्। 

डा‍. वेदान्त काबराका अनुसार भारतीय महिलामा स्तन र सरभाइकल क्यान्सर सबैभन्दा धेरै छ। विशेषज्ञले कोरोना भाइरसका कारण उपचार प्रक्रियामा परिवर्तन गरेका छन्।

बिरामीलाई अस्पतालमा आउनैपर्ने बाध्यात्मक अवस्था कम गर्न थेरापी दिने संख्याका साथै सर्जरीसमेत सुरक्षित तरिकाले हुने भरोसा दिलाएका छन्। 

डा. राकेश चोपडाका अनुसार कोरोनाकालमा क्यान्सर विशेषज्ञहरुको एउटा ठूलो समूह च्याट बनाइएको छ। दुर दराजबाट दिल्ली वा मुम्बई जस्ता ठूला सहरमा उपचार गराउने बिरामीका लागि यसरी परामर्श दिन थालिएकाे हाे। भलै साना सहरमा ठूलो सरहको जस्तो सुविधा छैन। तर क्यान्सर विशेषज्ञहरुले त्यहाँका स्थानीय चिकित्सकसँग लगातार कुरा गरेर  उपचारमा समस्या आउन नदिन कोसिस गरिरहेका छन्। बीबीसी हिन्दीबाट

प्रकाशित: Dec 02, 2020| 10:59 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्