बिहीबार, भदौ २५, २०८३

२४ घण्टामा १ हजार ४९० जना काेराेना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँबाट १ हजार ५६७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
आजसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख १८ हजार १६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ३०० नमुनाको पीसीआर परीक्षण भएको छ। हालसम्म देशभर १७ लाख ५४ हजार ६३० जनाको कोरोना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित कुल मृतकको संख्या १ हजार ५३८ पुगेको छ।

प्रकाशित: Dec 02, 2020| 10:38 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।