बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेताहरुले भने– पौडेललाई नियन्त्रणमा लिनु संघीयता विरोधी र तानाशाही काम

कांग्रेस नेताहरुले भने– पौडेललाई नियन्त्रणमा लिनु संघीयता विरोधी र तानाशाही काम

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित तनहुँका दर्जनौं कांग्रेस नेताकार्यकर्तालाई लछारपछार गरी गिरफ्तार गरेकोमा कांग्रेसका नेताहरुले आपत्ति जनाएका छन्।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित तनहुँका दर्जनौं कांग्रेस नेताकार्यकर्तालाई लछारपछार गरी गिरफ्तार गरेकोमा कांग्रेसका नेताहरुले आपत्ति जनाएका छन्।

उपसभापति विमलेन्द्र निधी र केन्द्रीय सदस्य शेखर कोइरालाले सामाजिक सञ्जालमार्फत सरकारको उक्त कामको भर्त्सना गरेका छन्।

‘स्थानीय तहले निर्माण गरेको र स्थानीय तहले नै निर्णय एवं आयोजना गरेको पुल उद्घाटनलाई रोक्नु र थुन्नु संघीयता विरोधी र तानाशाही काम हो,’ उपसभापति निधीले भनेका छन्।

यस्तै कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले पनि पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर प्रशासनले कानुनी राज्यको धज्जी उडाएको प्रतिक्रिया दिएका छन्।

उनले घटनाको घोर भर्त्सना गर्दै नेता पौडेललाई तत्काल स–सम्मान रिहाइको माग गरेका छन्।

यस्तै, नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले उपभोक्ता समितिको निम्तोमा गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न पुगेका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उद्घाटनका क्रममा प्रहरीले बल प्रयोग गरी हिरासतमा लिएको घटना निन्दनीय र खेदजनक भएको बताएका छन्।

‘नेकपाको स्वार्थ पूर्तिको लागि प्रशासनको यो ढङ्गको दुरुपयोग स्वभाविक मान्न सकिँदैन। जनतामाथि प्रहरीको लाठीचार्ज र दमन तत्काल रोकियोस्। घाइतेहरुको उपचार र गिरफ्तार सबैको तुरुन्त रिहाइ गरियोस्,’ पौडेलले फेसबुकमा भनेका छन्।

प्रकाशित: Dec 02, 2020| 10:36 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।