बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दक्षिण अफ्रिका लगेर मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ

दक्षिण अफ्रिका लगेर मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ

गैरकानुनी रुपमा तीन जनालाई दक्षिण अफ्रिका पुर्याएर बन्धक बनाएर राखेको अभियोगमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं– गैरकानुनी रुपमा तीन जनालाई दक्षिण अफ्रिका पुर्याएर बन्धक बनाएर राखेको अभियोगमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले ताप्लेजुङ, गेंरिडदेन गाउँपालिका– ४ घर भएका ४३ वर्षीय गणेशकुमार लोंवालाई महाराजगञ्जबाट पक्राउ गरेको हो।

वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारेर तीनजनालाई गैरकानूनी तवरले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भारत, खाडी मुलुक हुँदै साउथ अफ्रिका पुर्याएको खुलेको छ। 

‘त्यहाँ लगेर शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४–५ महिनासम्म बन्धक बनाइराखेको देखिन्छ,’ ब्यूरोका प्रवक्ता एसपी अनुराग द्विवेदीले भने।

बन्धक बनाएर राखिएका तीनै जना कोही नभएको मौका पारी भागेर नेपाली राजदूतावासमा पुगेका थिए। दूतावासको समन्वयमा आफन्तहरुको सम्पर्कमा आई नेपाल फिर्ता भएपछि पीडितले ब्यूरोमा जाहेरी दिएका थिए।

ब्यूरोले पक्राउ परेका व्यक्तिलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: Dec 02, 2020| 10:26 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।