बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तनहुँका प्रजिअ भन्छन्- पौडेलले निषेधित घेरा तोडेकाले नियन्त्रणमा लिएका हौँ

तनहुँका प्रजिअ भन्छन्- पौडेलले निषेधित घेरा तोडेकाले नियन्त्रणमा लिएका हौँ

तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निषेधित घेरा तोडेकाले नियन्त्रणमा लिनुपरेको बताएका छन्। 
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं- तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निषेधित घेरा तोडेकाले नियन्त्रणमा लिनुपरेको बताएका छन्। 

नेपाल समयसँगको कुराकानीमा आचार्यले उद्घाटन गर्ने भनिएको पुल क्षेत्रमा  जारी गरिएको निषेध आदेश तोडेर जान लागेपछि पौडेललाई नियन्त्रणमा लिइएको बताए। 

तनहुँको दुम्सीचौर सडकको बुल्दी खोलामा व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पुलको उद्घाटन गर्न पुगेका पौडेललाई उद्घाटन स्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

‘उहाँले निषेधित क्षेत्र तोड्नुभयो। त्यहाँ झडप हुने स्थिति देखेपछि हामीले उहाँलाई सुरक्षित साथ नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेका छौँ,’ आचार्यले भने, ‘त्यहाँ किन निषेधाज्ञा जारी गर्नु पर्यो  भन्ने बारेमा लामो कथा छ। त्यो फुर्सदमा भनौँला। तर पुल उद्घाटन गर्न नमिल्ले कुरा थियो क्यारे। प्रदेश सरकारले पुल उद्घाटन रोक्नु भनेको थियो। तर उहाँ जत्तिको मान्छेले जबरजस्ती पुल उद्घाटन गर्न जान हुँदैन थियो, तर जानु भयो। झडप हुने स्थिति आएपछि नियन्त्रणमा लिएका हौँ।’

झडप हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले मध्यान्ह १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो।

पुल उद्घाटन गर्न लागिएको भन्दै नेकपा र राष्ट्रिय युवा संघले सदरमुकाम दमौलीमा विरोध प्रदर्शन गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।

प्रकाशित: Dec 02, 2020| 10:27 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।