आइतबार, असार २८, २०८३

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा फर्किए विराज र विमल

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।

एन्फाले बंगलादेश भ्रमणका लागि प्रशिक्षणमा सम्मिलित खेलाडीसँगै २४ जना नयाँ खेलाडी थपेर बन्द प्रशिक्षणका लागि बोलाएको हो।

नेपालले आउँदो एसिया कप २०२३ को छनोट र विश्वकप २०२२ छनोटका लागि सातदोबाटोमा बन्द प्रशिक्षण सुरु गर्दैछ।
एन्फाले लामो समयका लागि खेलाडी निर्माण गर्न ठूलो संख्यामा खेलाडी बोलाएको बताएको छ।

कप्तान विराज महर्जनसहित आदित्य चौधरी, विमल घर्तीमगर, सन्तोष तामाङ, दिनेश राजवंशीजस्ता खेलाडी राष्ट्रिय टिममा फर्किएका छन्।

तर मिडफिल्डर विक्रम लामाले मसलको चोटका कारण बन्द प्रशिण गुमाउने भएका छन्।

अब डिसेम्बर १२ बाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु हुनेछ।

बन्द प्रशिक्षण बोलाइएको खेलाडी :

गोल रक्षक : किरण कुमार लिम्बु, दीप कार्की, विशाल सुनार, अर्पन कार्की, विकेस खवास, विशाल श्रेष्ठ र देव लिम्बु

डिफेन्डर : विराज महर्जन, छिरिङ गुरुङ, अनन्त तामाङ, दिलेन लोकान्त, देवेन्द्र तामाङ, रेजिन रिमाल, विकेस खवास, सुमन अर्याल, विकास तामाङ, निशान खड्का, दिनेश राजबंशी, रनदीप पौड्याल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सूर्य बीके, अनिस गुरुङ र रोहित चन्द

मिडफिल्डर : जर्ज प्रिन्स कार्की, मिक्चेन तामाङ, सन्तोष तामाङ, विशाल राई, शुनिल बल, हेमन्त थापा मगर, सुजल श्रेष्ठ, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुवास गुरुङ, पुजन उपरकोटी, त्रिदेव गुरुङ, दिपेश आले मगर, तेज तामाङ, रवि पासवान, सेहङ आंङदाम्बे, संजोक राई र नितिन थापा

फरर्वाड : अभिषेक रिजाल, रेजिन सुब्बा, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, जन्जन विष्ट, विमल घर्ती मगर, राजिव लोप्चन, आशिष लामा र प्रिजेन तामाङ
 

प्रकाशित: Dec 02, 2020| 09:40 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।