बुधबार, भदौ ३१, २०८३

२०७१ अंकमा पुग्यो नेप्से, ७ अर्ब ३७ करोडको कारोबार 

बुधबार सेयर बजार परिसूचक (नेप्से) ७०.६२ अंकले बढेको छ। 
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) ७०.६२ अंकले बढेको छ। 

बढेको बजार २०७१.०२ अंकमा पुगेर रोकिएको हो। आज सेन्सेटिभ इन्डेक्स १२.२५ अंकले बढेर ३९६.०४ विन्दुमा पुगेको छ। 

बुधबार २०१ कम्पनीको १ करोड ५४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३७ करोड ४० लाख रुपैयाँ बराबर कारोबार भएको छ। 

२०१६ अंकबाट सुरु भएको आजको बजार १ बजेर ७ मिनेटमा २०७७ अंकसम्म पुग्यो। त्यसपछि क्रमश ओरालो लागेको बजार २०७१.०२ मा पुगेर रोकिएको हो। 

आज व्यापार बाहेकका सबै सूचक उकालो लागेका छन्। व्यापार समूह १६.६३ अंकले घटेको छ। 

बैंकिङ समूह ६.३८, होटल ५१.१६, विकास बैंक २२.५९, जलविद्युत् ८८.९९, फाइनान्स ३.७६ अंकले बढेको छ। 

त्यस्तै निर्जिवन बिमा २४४.८२, उत्पादन ३०३.१२, अन्य १४०.८९, माइक्रोफाइनान्स २३२.५६, बिमा ६०८.७३ र म्युचुअल फण्ड ०.०४ अंकले बढेको छ।  
 

प्रकाशित: Dec 02, 2020| 09:25 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्