बिहीबार, भदौ २५, २०८३

नेकपा सचिवालय बैठक २० गतेसम्मका लागि स्थगित

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि सत्तारुढ नेकपा सचिवालयको बुधबारका लागि डाकिएको बैठक स्थगित भएको छ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि सत्तारुढ नेकपा सचिवालयको बुधबारका लागि डाकिएको बैठक स्थगित भएको छ।

निर्धारित समयमा नेताहरु पुगे पनि प्रधानमन्त्री ओली सहभागी नभएपछि बैठक स्थगित भएको हो। नेताहरुबीच केही बेर छलफल भने भएको थियो। 

प्रधानमन्त्री ओलीले मंगलबारको बैठकमा सचिवालय बैठक औचित्यहीन रहेको बताएका थिए।

बैठक २० गते १ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रवक्ता श्रेष्ठले पार्टीमा देखा परेको संकट र समाधानका लागि अध्यक्ष ओलीले समेत छलफल गर्न आवश्यक र उचित हुन्छ भन्ने निष्कर्ष निकालिएको बताए। 

उनले भने, ‘प्रधानमन्त्री एवम् अध्यक्ष ओलीको अनिवार्य उपस्थितिको अपेक्षासहित बैठकमा आउन अनुरोध गर्ने निष्कर्षका साथ २० गते १ बजेसम्मका लागि सार्ने निर्णय गरिएको छ।’

उनले अध्यक्ष ओली आगामी बैठकमा सहभागी भएर पार्टीमा उत्पन्न संकट निवारण गर्ने छलफलमा सहभागी हुने विश्वास व्यक्त गरे।
प्रवक्ता श्रेष्ठले पार्टी अहिले गम्भीर संकटमा रहेकाले संयम भएर प्रस्तुत हुनुपर्नेमा जोड दिए।
 

प्रकाशित: Dec 02, 2020| 09:17 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।