काठमाडौं– एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङमार्फत मुद्दति खाता खोल्न सक्ने सुविधाको थालनी गरेको छ।
बैंकका ग्राहकले बैंकको एपमा रहेको फिक्सड डिपोजिट आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दति खाता खोल्न सक्ने बैंकले जनाएको छ।
कम्तिमा तीन महिनादेखि अधिकतम १० वर्षभन्दा बढी समयका लागि व्यक्तिगत मुद्दति निक्षेप गर्न सकिनेछ भने वार्षिक ब्याजदर सुविधा क्रमशः ७.२५ देखि ९.७५ प्रतिशतसम्म प्राप्त गर्न सकिनेछ।
मोबाइल बैंकिङमार्फत खाता खोल्ने ग्राहकलाई प्रोत्साहनस्वरूप सम्पूर्ण किसिमका मुद्दति निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको जनाएको छ।