बिहीबार, भदौ २५, २०८३

चितवन निकुञ्ज : चार महिनामा तीन हात्ती मरे

 चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता तीनवटा हात्ती मरेका छन्। 
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता तीनवटा हात्ती मरेका छन्। 

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार दीपेन्द्र गज, विक्रमप्रसाद र सुन्दरमाला मरेका हुन्।

दीपेन्द्र क्षयरोगका कारण मरेको आशंका गरिएको छ। विक्रमप्रसाद बामपुड्के थियो। उसको उमेर पुगेर मरेको डा. श्रेष्ठले जानकारी दिए। 

‘बामपुड्के जनावरको आयु अन्यको जस्तो हुँदैन,’ उनले भने। त्यस्तै सुन्दरमाला बूढो भएर मरेको उनले जानकारी दिए।

सुन्दरमालाको उमेर ७५ वर्ष थियो।

दीपेन्द्र र सुन्दरमाला सौराहामा थिए भने विक्रमप्रसाद बेलशहर पोष्टमा थियो।

सुन्दरमाला पोथी हो भने दीपेन्द्र र विक्रम भाले हात्ती हुन्।

निकुञ्जका हात्तीमा क्षयरोगको आशंका गरिएसँगै नमुना संकलन गरेर परीक्षणका लागि राखिएको छ। हाल निकुञ्जमा ५९ वटा हात्ती छन्। 

हात्तीसँगै निकुञ्जमा यसै अवधिमा ५१ वटा वन्यजन्तु मरेका छन्।

निकुञ्जका अनुसार मरेका वन्यजन्तुमा सबैभन्दा धेरै गैँडा छन्।

चालु आर्थिक वर्षमा मात्रै १७ वटा गैँडा मरेका छन्। जसमा चारवटा चोरी शिकारीबाट मरेका हुन् भने १३ वटा प्राकृतिक कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ।

पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै निकुञ्जले संरक्षणका लागि गम्भीरतापूर्वक अध्ययन थालेको छ। निकुञ्जका सहायक संरक्षण अधिकृतको नेतृत्वमा तीन सदस्यीय टोलीले गैँडाको मृत्युको कारणको अध्ययन थालेको छ। 

त्यसैगरी सो अवधिमा १६ वटा चित्तल मरेका छन्। 

चितुवाको आक्रमणबाट पाँचवटा बँदेल मरेका छन्। त्यस्तै यसै अवधिमा दुईवटा चितुवा, दुईवटा रतुवा, एउटा जरायो, एउटा लगुना, एउटा दुम्सी, एउटा बाँदर र एउटा कछुवा मरेका छन्।

यिनीहरूमध्ये केही सडक दुर्घटना, वन्यजन्तुको आक्रमण, चोटपटक लागेर, निकुञ्जको तारमा अल्झेर तथा केही उपचारका क्रममा मरेका हुन्।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सवारी दुर्घटना र अन्य जनावरको आक्रमणबाट वन्यजन्तु मर्ने गरेकाले संरक्षणका लागि काँडेतार तथा मेसजाली लगाइएको बताए। 

कतिपय वन्यजन्तु निकुञ्जकै मेसजालीमा ठोक्किएर मर्ने गरेको हुँदा ती जालीलाई पनि व्यवस्थित गर्न लागिएको उनकाे भनाइ छ। 

वन्यजन्तु चोरी शिकार नियन्त्रणका लागि आसपासका वस्तीमा विशेष निगरानीसमेत बढाएको उनले बताए। रासस

प्रकाशित: Dec 02, 2020| 08:31 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।