आइतबार, असार २८, २०८३

समिति थप गर्दै क्यान, क्रिकेट समिति र छनोट समिति निर्माण

नेपाल क्रिकेट संघ(क्यान)ले दुई समिति थप गरेको छ। सोमबार बसेको क्यान बैठकले क्रिकेट समिति र छनोट समिति बनाएको हाे।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं- नेपाल क्रिकेट संघ(क्यान)ले दुई समिति थप गरेको छ। सोमबार बसेको क्यान बैठकले क्रिकेट समिति र छनोट समिति बनाएको हाे।

नयाँ बनेको क्रिकेट समितिमा क्यानका उपाध्यक्ष राजुबाबु श्रेष्ठ संयोजक रहने छन् भने छनोट समितिको संयोजकमा पूर्वकप्तान उत्तम कर्माचार्य संयोजक रहने छन्।

बैठकले दुवै समितिका अन्य सदस्य भने क्यानको आगामि बैठकबाट थप गरिने क्यानले जानकारी दिएको छ। कोराना महामारीका कारण लामो समयबाट बन्द घरेलु खेलकुदलाई सरकारले खुलाउने निर्णय गरेसँगै क्रिकेटका विभिन्न घरेलु प्रतियोगिता तय भएका छन्।

जसअन्तर्गत क्यानले जिल्ला संघलाई जिल्ला छनोटका कार्यक्रम सम्पन्न गर्न पत्राचार गरेको छ भने त्यसका लागि प्रत्येक जिल्लालाई रकम पठाएको छ।

नेपालमा पुष ११ गतेबाट प्रधानमन्त्री कप सुरु हुनेछ। त्यस्तै गत मंसिर १० गतेबाट राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण सुरु भएको छ।
 

प्रकाशित: Dec 02, 2020| 05:05 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।