बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी हत्याकाण्डमा जाेडिएका व्यापारी डेढ लाख धरौटीमा छुटे, ८ जना कारागार चलान

प्रहरी हत्याकाण्डमा जाेडिएका व्यापारी डेढ लाख धरौटीमा छुटे, ८ जना कारागार चलान

 कैलालीको धनगढीमा  प्रहरी हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारी धरौटीमा छुटेका छन् ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

धनगढी- कैलालीको धनगढीमा  प्रहरी हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारी धरौटीमा छुटेका छन् ।

मंगलबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि मटर तस्करीको आरोपमा पक्राउ परेका धनगढीका व्यापारी राजिव गुप्ता एक लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए । 

गुप्ता सो धरौटी रकम बुझाएर तारेखमा छुटेका छन् प्रहरी नायव उपरीक्षक बिष्टले भने–‘हत्या अभियोगमा पक्राउ परेका अन्य ८ जना भने कारागार चलान भएका छन ।’

धनगढी उप–महानगरपालिका–१२, जुगेडास्थित अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक  गोविन्द बिक र जवान रामबहादुर साउदको हत्यासँग जोडिएको मटर गुप्ताको भएको खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको थियो ।

हत्या अभियोगमा पक्राउ परेका अन्य ८ जना भने कारागार चलान भएका छन् । जिल्ला अदालत कैलालीमा मंगलबार भएको थुनछेक बहसपछि हत्या अभियोगमा पक्राउ परेका धनगढी उप–महानगरपालिका–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना (क), रोहित राना (ख), सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल राना कारागार चलान भएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए । 

गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद वेपत्ता भएका थिए ।

बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने दुई दिनपछि साउद पनि मोहना नदीमै मृत्यु अवस्थामा फेला परेका थिए । 

पक्राउ परेकाहरुले तस्करीको मटरमा अवरोध पुर्याएपछि घरेलु हतिायरको प्रयोग गरी प्रहरीको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताउँदै आएको छ ।

प्रकाशित: Dec 02, 2020| 04:41 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।