आइतबार, असार २८, २०८३

लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा

नकआउटमा पुग्नका लागि लिभुरपुलका कुर्टिस जोन्सले च्याम्पियन्स लिगमा पहिलो गोल गर्दा लिभरपुलले आयाक्सविरुद्ध १–० गोलको जित निकालेको हो।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं- प्रिमियर क्लब लिभरपुलले मंगलबार रातिको जितसहित च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

नकआउटमा पुग्नका लागि लिभुरपुलका कुर्टिस जोन्सले च्याम्पियन्स लिगमा पहिलो गोल गर्दा लिभरपुलले आयाक्सविरुद्ध १–० गोलको जित निकालेको हो।

डच क्लब आयाक्ससँग पहिलो हाफमा बराबरीमा रोकिएको टिम लिभरपुलले ५८ औं मिनेटमा अग्रता बनाउँदै जितसम्म पुगेको हो।
आयाक्सल गोलकिपरको गल्तीका कारण गोल हुन पुगेको खेल लिभरपुलका लागि निकै फाइदाजनक रह्यो।

यससँगै लिभरपुलले समूह डीमा १२ अंक बनाएको छ भने आयाक्सको ७ अंक छ। आयाक्सले भने नकआउट प्रवेशका लागि अझै एक खेलको सामना गर्नु पर्नेछ।

उक्त खेलम जित निकाल्न मात्रै उ अर्को चरणमा प्रवेश गर्नेछ।

यता सोही समूहको अर्को खेलमा इटालिनय क्लब एटलान्टाले डेनिस क्लब मिजुल्यान्डसँग १ –१ गोलको बराबरी खेलेको छ।

एटलान्टाको मैदानमा सम्पन्न खेलमा दुवै टिमले बराबरी खेलेका हुन्। मिजुल्यान्डले १३ औं मिनेटमा बनाएको अग्रता तोड्दै एटलान्टाका क्रिस्टियन रोमेरोले ७९ औं मिनेटमा खेलालाई बराबरीमा ल्याएका थिए।

मिजुल्यान्ड च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिसकेको छ भने अन्तिम १६ मा पुग्न एटलान्टा र आयाक्सको बाटो अझै बाँकी छ।

आउँदो हप्ताको खेलमा यि दुई टिमले प्रतिस्पर्धा गर्नेछन्। विजयी टिम नकआउट चरणमा प्रवेश गर्नेछ।
 

प्रकाशित: Dec 02, 2020| 02:26 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।