आइतबार, असार २८, २०८३

म्यानचेस्टर सिटीको गोलरहित बराबरी

इंग्लिस क्लब म्यानचेस्टर सिटीले यूईएफए च्याम्पियन्स लिगमा पोर्चुगिज टिम पोर्टोसँग बराबरी खेलेको छ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर सिटीले यूईएफए च्याम्पियन्स लिगमा पोर्चुगिज टिम पोर्टोसँग बराबरी खेलेको छ।

पोर्टोको डो ड्रागो रंगशालामा सम्पन्न खेलमा यी दुवै टिमले गोलरहित बराबरी खेलेका हुन्।

म्यानचेस्टर सिटीले दोस्रो हाफमा गरेको गोल रुलआउट भएपछि खेल बराबरीमा रोकिएको हो। बराबरीका बाबजुद पनि सिटी समूह सीको शीर्षस्थानमा उक्लिएको छ।

समूहको खेलमा बराबरीसँगै १–१ बाँडेका म्यानचेस्टर सिटी र पोर्टो क्रमशः शीर्ष र दोसो स्थानमा छन्।

दुई खेल अगावै लिगको नकआउट चरणमा प्रवेश पाएको म्यानचेस्टर सिटीको १३ अंक छ भने पोर्टोको १० अंक छ। पोर्टोले पनि अघिल्लो खेलबाट लिगको नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ।

‘उनीहरु पोर्चुगलका उत्कृष्ट टिम हुन्। हामीले उक्त टिमसँग राम्रो खेल्यौँ,’ खेलपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने।

सोही समूह अन्तर्गत अर्को खेलमा मार्सेल्लीले ओलम्पिकाओसलाई हराएको छ। मार्सेल्लीको घरेलु मैदानमा सम्पन्न खेलमा मार्सेल्लीले २–१ गोलको जित निकालेको हो।

तर यि दुई टिम जारी सिजको च्याम्पियनस लिगको समूह चरणबाट बाहिरिसकेका छन्।
 

प्रकाशित: Dec 02, 2020| 02:17 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।