आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बायर्न र एट्लेटिको मड्रिडको बराबरी, नकआउट पुग्न ३ टिमको प्रतिस्पर्धा

बायर्न र एट्लेटिको मड्रिडको बराबरी, नकआउट पुग्न ३ टिमको प्रतिस्पर्धा

च्याम्पियन्स लिगको मंगलबार राति सम्पन्न खेलमा साविक विजेता बायर्न एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं- च्याम्पियन्स लिगको मंगलबार राति सम्पन्न खेलमा साविक विजेता बायर्न एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ।

एट्लेटिकोको वान्डा मेट्रोपोलिटानो रंगशालामा सम्पन्न खेलमा बायर्नले घरेलु टिमसँग १–१ गोलको बराबरी खेलेको हो।

खेलको २६ औं मिनेटमा घरेलु टिमका जोआ फेलिक्सले गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए। उनको गोलसँगै पहिलो हाफमा बायर्न एक गोलले पछि पर्यो।

दबाबमा खेलेको बायर्नले ८६ औं मिनेटमा पेनाल्टीको अवसर पाएपछि भने खेल बराबरी गर्न सफल बन्यो। पेनाल्टीबाट थोमस मुलरले गोल गरे।

यससँगै दुई खेल अगावै नकआउट चरणमा पुगेको बायर्न १३ अंकका साथ समूह ए को शीर्षस्थानमा छ भने एट्लेटिको ६ अंकका साथ दोेस्रो स्थानमा छ।

मंगलबार रातिनै सम्पन्न समूह चरणको अर्को खेलमा आरबी साल्जबर्गले लोकोमोटीभ मस्कोलाई ३–१ गोलले हराएको छ।

मस्कोमा सम्पन्न खेलमा जित निकाल्दै साल्जबर्गले ४ अंक बनाएको छ भने लोकोमोटीभ मस्कोले ती अंक छ।

साल्जबर्ग र मस्को समूहको तेस्रो र चौथो स्थानमा छन्।

समूह चरणको अन्तिम खेल बाँकी रहँदा अब एट्लेटिको, साल्जबर्ग र लोकोमोटिव मस्को नकआउट चरणको लागि प्रतिस्पर्धा गर्नेछन्।

त्यसमा शीर्षस्थानको बायर्नले मस्कोलाई बाधा गर्न सक्नेछ। किनभने आगामि हप्ताको खेलमा मस्कोले बायर्नको सामना गर्दैछ भने एट्लेटिकोले साल्जबर्गको।
 

प्रकाशित: Dec 02, 2020| 01:14 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।