बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • च्याम्पियन्स लिगमा रियल मड्रिड फेरि पराजित, इन्टर मिलानको पहिलो जित

च्याम्पियन्स लिगमा रियल मड्रिड फेरि पराजित, इन्टर मिलानको पहिलो जित

च्याम्पियन्स लिगको मंगलबार राति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं– च्याम्पियन्स लिगको मंगलबार राति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ।

समूह बी अन्तर्गत शख्तर डोनेटेस्को मैदानमा सम्पन्न खेलमा पाहुना टिम रियल मड्रिड घरेलु टिमसँग २–० गोलले पराजित भएको हो।

यससँगै समूह बीमा रियल एक स्थान झरेको छ। दोस्रो स्थानको रियललाई हराउँदै शख्तरले उसकै स्थान लिँदा स्पेनिस क्लब एक स्थान तल परेको हो।

पाँच खेलबाट समान ७ अंक रहेका शख्तर र रियल दोस्रो र तेस्रो स्थानमा छन्।

मंगलबार रातिको खेलमा रियलविरुद्ध जितका लागि शख्तरका डेटिन्होले ५७ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै, मानोर सोलोमनले ८२ औं मिनेटमा गोल गरेसँगै पहिलो हाफ बराबरी भएको खेलमा शख्तरले जित निकालेको हो।

समूह चरणमा दोस्रो हार र एक बराबरी बेहोरेको रियललाई सुरुवाती चरण पार गर्न चुनौति थपिएको छ। समूह चरणको अन्तिम खेलमा जित निकाले पनि उसले नक आउट प्रवेशका लागि अब शख्तर र मोन्छेनग्लाडबाखको नजितामा भर पर्नुपर्ने छ।

सोही समूह अन्तर्गत शीर्षस्थानको ग्लाडबाख पुछारको टिम इन्टर मिलानसँग ३–२ गोलले पराजित भएको छ।

ग्लाडबाखलाई हराउँदै रियलले सिजनको पहिलो जितसमेत निकालेको छ। जितका लागि रोमलू लुकाकूले दुई गोल गरे भने माट्टेओ डर्मियनले एक गोल गरे।

यसँगै उसको पनि नक आउट स्टेजमा जाने सम्भावना कायमै छ। यदि आउँदो हप्ताको खेलमा मिलानले शख्तरलाई हराउँदा ग्लाडबाखले रियललाई हराउन सके मिलान र ग्लाडबाख नकआउट चरणमा पुग्नेछन्। त्यसो नभए मिलानको यात्रमा पूर्णविराम लाग्न सक्नेछ।

साथै एक खेल मात्र बाँकी रहँदा समूहका चार टिमलाई नै अर्को चरण जाने अवसर कायमै छ। समूह बी बाट दुई टिम अन्तिम १६ मा प्रवेश गर्नेछन्।
 

प्रकाशित: Dec 02, 2020| 00:48 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।