मंगलबार, चैत ३, २०८२

च्याम्पियन्स लिगमा पहिलोपटक महिला रेफ्री

३६ वर्षीया फ्रापार्टले २०१९ को महिला विश्वकप फाइनलमा पनि रेफ्रीको भूमिका निर्वाह गरिसकेकी छिन्।
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

काठमाडौं – च्याम्पियन्स लिगमा पहिलो पटक महिला रेफ्रीले फुटबल खेलाउने भएकी छन्।  

National life

समूह चरणको खेलमा भोलि (बुधबार) इटालियन क्लब युभेन्टस र युक्रेनी क्लब डायनामो किवबीचको प्रतिस्पर्धामा स्टेफेन फ्रापार्टले खेलाउनेछिन्।

यूईएफए च्याम्पियन्स लिगको समूह र नकआउट खेल इतिहासमा अहिलेसम्म महिला रेफ्री राखिएको थिएन।

फ्रापार्ट फ्रान्सेली नागरिक हुन्। उनी यूईएफएको मेजर प्रतियोगिताको रेफ्री गर्ने पहिलो महिलासमेत हुन्।

सन् २०१९ को यूईएफए सुपर कपमा इङ्लिस क्लब लिभरपुल र चेल्सीले प्रतिस्पर्धा गर्दा पनि रेफ्री फ्रापार्ट नै थिइन्।

Laxmi sunrise bank
kumari

३६ वर्षीया फ्रापार्टले २०१९ को महिला विश्वकप फाइनलमा पनि रेफ्रीको भूमिका निर्वाह गरिसकेकी छिन्। उक्त खेलमा नेदरल्यान्डलाई हराउँदै यूएसएले उपाधि जितेको थियो।

साथै उनले सन् २०१९ यता फ्रेन्च लिग वानको रेफ्रीको भूमिका निवार्ह गरिरहेकी छन्।

यूईएफए प्रतियोगिताका पुरुष प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेकी पहिलो महिला भने स्विट्जरल्यान्डकी निकोले पेटिनाट हुन्।

पेटिनाटले २००४ देखि २००९ सम्म यूईएफए कप क्वालिफाइङ खेलमा रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन्।

च्याम्पियन्स लिग अन्तर्गत आजका खेल

सख्तर डोनेटेस्क र रियल मड्रिड : राति ११ः४०

लाकोमोटिन मास्को र आरबी साल्जबर्ग : राति ११ः४०

मोन्छेनग्लाडबाख र इन्टर मिलान : राति पौने २ बजे

मार्सेल्ली र ओलम्पियाकोस : राति पौने २ बजे

एट्लेटिको मड्रिड र बायर्न : राति पौने २ बजे

लिभरपुल र आयाक्स : राति पौने २ बजे

एटलान्टा र मिजुल्यान्ड : राति पौने २ बजे

पोर्टो र म्यान्चेस्टर सिटी : राति पौने २ बजे
 

प्रकाशित: Dec 01, 2020| 07:07 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।