काठमाडौं– पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप १९ अर्ब रुपैयाँले बढेको छ । कर्जा पनि १६ अर्ब रुपैयाँले बढेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ।
नेपाल बैंकर्स संघका अनुसार मंसिर १२ गतेसम्ममा बैंकहरुसँग ३६ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको निक्षेप छ भने उनीहरुले ३० खर्ब ६६ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन्।
गत साता मंसिर ५ गतेसम्म बाणिज्य बैंकहरुसँग ३६ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको निक्षेप थियो भने कर्जा प्रवाह ३० खर्ब ५० अर्ब रुपैयाँ भएको थियो ।
पछिल्लो समयमा विस्तारै कोरोना महामारीसँगै मानिसहरु अभ्यस्त हुँदै छन्। त्यसबाट आर्थिक गतिविधि बढेको र उद्योग–व्यवसाय पनि सामान्य अवस्थामा फर्कन थालेपछि कर्जा प्रवाहमा पनि बढेकोे हो ।