बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उत्पादनको १९७ वर्षपछि अमेरिका र भारतमा नेपाली चियाको ट्रेडमार्क दर्ता

उत्पादनको १९७ वर्षपछि अमेरिका र भारतमा नेपाली चियाको ट्रेडमार्क दर्ता

विश्वका दुई देशमा नेपाली चियाको ट्रेडमार्क दर्ता भएको छ। 
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं। विश्वका दुई देशमा नेपाली चियाको ट्रेडमार्क दर्ता भएको छ। 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले चिया उत्पादनको १९७ वर्षपछि अमेरिका र भारतमा नेपाली चियाको लोगो दर्ता भएको जानकारी दिएका हुन्। 

‘भारत र अमेरिकामा नेपाली चियाको लोगो दर्ता भइसकेको भए पनि सम्झौताको हार्ड कपी आउन बाँकी छ,’ उनले भने, ‘औपचारिकरूपमा हार्ड कपी नआए पनि सम्झौता सम्पन्न भइसकेको छ।’

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको प्रथम चौमासिकको प्रगति समीक्षा कार्यक्रममा उनले भारत र अमेरिकामा नेपाली चियाको लोगो दर्ता भइसकेकाले चिया किसानलाई ढुक्क हुन आग्रह गरे। 

विश्व बजारमा नेपाली चिया नेपालको लोगोमा जान थालेपछि आउने दिनमा चियाको माग बढ्ने भएकाले यसको तयारी थाल्न उनले किसानलाई आग्रह गरे। रासस

 

प्रकाशित: Nov 30, 2020| 13:11 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्