मंगलबार, चैत १०, २०८२

प्राणी विज्ञानलाई मूलधारमा ल्याउनुपर्नेमा विज्ञहरुकाे जोड

प्राणी विज्ञानलाई देशको मूलधारमा ल्याउनुपर्नेमा प्राणीशास्त्रीहरुले जोड दिएका छन्।
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

विराटनगर- प्राणी विज्ञानलाई देशको मूलधारमा ल्याउनुपर्नेमा प्राणीशास्त्रीहरुले जोड दिएका छन्।

National life

देशको मूलधारमा प्राणी विज्ञानलाई ल्याउने लक्ष्यका साथ आयोजित भर्चुअल प्रथम राष्ट्रिय सम्मेलनमा जोड दिइएको हो।

सम्मेलनमा नेपालमा प्राणी विज्ञानका क्षेत्रमा भएका अनुसन्धानहरुका १५० वटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो। 

भारत, चीन, अमेरिका, कोरियालगायतका ११ वटा देशबाट नेपाली तथा विदेशी प्राणी वैज्ञानिकहरुको सहभागिता थियो।

जैविक विविधता, तिनको संरक्षण, मानव स्वास्थ्य, जलवायु परिवर्तन, मानव विकासलगायतका विधाहरुमा कार्यपत्रहरु प्रस्तुत भएका थिए। पाँच जना विदेशी उत्प्रेरक विज्ञ वक्ताहरु, १३ जना आमन्त्रित वक्ताहरु रहेको र जम्मा २४ वटा समूहमा प्रस्तुतीकरण भएको प्राविधिक समितिका सभापति प्रा.डा. कुमार सापकोटाले जानकारी दिए। 

Laxmi sunrise bank
kumari

त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्र विभाग र यसको भूतपूर्व विद्यार्थी समाजले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनलाई जैविक विविधताको क्षेत्रमा कार्यरत पाँच वटा संस्थाले सहयोग गरेका थिए।

प्राणीशास्त्र विषयको केन्द्रीय विभाग स्थापना भएको ५६ वर्षपछि र नेपालमै प्राणी विज्ञानको यो पहिलो सम्मेलन भएको आयोजकले दाबी गरेका छन्।

अरु विज्ञानहरुभन्दा पछाडि परेको भनिएको प्राणी विज्ञानलाई मूल धारमा ल्याउने प्रयासस्वरुप आयोजना गरिएको सो सम्मेलनले नेपाली युवा प्राणीशास्त्रीहरुलाई अनुसन्धानमा उत्प्रेरित गर्ने र प्राणी विज्ञानले देशको समृद्धिमा सहयोग पुर्याउने आशा गरिएको केन्द्रीय विभागका प्रमुख प्रा.डा. तेजबहादुर थापाले बताए। 

भर्चुअल रुपमा गरिएको वैज्ञानिक सम्मेलनको समापन कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले प्राणीशास्त्र केन्द्रीय विभागले उदाहरणीय र अनुशरणीय काम गरेको भन्दै अन्य विभागले पनि यस्तो कार्यक्रम गर्न प्रेरणा लिनसक्ने बताए।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव सिद्धार्थबज्र बज्राचार्य, विश्व संरक्षण संघका नेपाल प्रतिनिधि डा. प्रह्लाद थापा, विश्व वन्यजन्तु कोषका नेपाल निर्देशक डा.घनश्याम गुरुङ, जुलोजिकल सोसाइटी लण्डनका नेपाल प्रतिनिधि डा. हेमसागर बरालगायतले बोलेका थिए।

प्रकाशित: Nov 30, 2020| 12:37 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्