आइतबार, असार २८, २०८३

वर्षाले रोकिएको न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको खेल रद्द

न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको टी-२० क्रिकेट श्रृंखलाको तेस्रो खेल मौसमले प्रभावित बनेपछि रद्द भएको छ।
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं- न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको टी-२० क्रिकेट श्रृंखलाको तेस्रो खेल मौसमले प्रभावित बनेपछि रद्द भएको छ।

आज (सोमबार) बिहान न्युजिल्याण्डको माउन्ट मौनहान्गुमा सुरु भएको खेलका क्रममा मौसम खराब भएपछि तेस्रो ओभरमै खेल रोकिएको थियो।

त्यसअघि टस हारेर ब्याटिङ्को निम्तो पाएको वेस्ट इन्डिजले २.२ ओभर खेल्दै २५ रन बनाएको थियो। त्यसलगत्तै वर्षा सुरु भएपछि भने खेल रोकियो।

लामो समयको प्रतिक्षापछि मौसम सुधार नभएपछि खेल रद्द भयो।

यसअघि दुई खेल जित्दै आयोजक न्युजिल्याण्डले तीन खेलको टी–२० सिरिज एक खेलअघि नै जितिसकेको छ। तेस्रो सेट नभएपछि जितको नजिता २-० को रह्यो।

पहिलो खेल पाँच विकेटले जितेको आयोजकले दोस्रो खेलमा पनि ७१ रनको जित हात पारेको थियो।

सम्पन्न टी–२० सिरिजमा ग्लेन फिलिप्सले कीर्तिमानी सतक प्रहार गरेका छन्। त्यस्तै फिलिप्ससँग डेवोन कन्भेको साझेदारी पनि कीर्तिमानी रह्यो।

न्युजिल्याण्डको भ्रमणमा वेस्ट इन्डिजले घरेलु टिमसँग अब दुई टेस्ट खेल्नेछ।

प्रकाशित: Nov 30, 2020| 11:47 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।