बुधबार, भदौ ३१, २०८३

बैंक अफ काठमाण्डूले १३ प्रतिशत बोनस सेयर दिने

 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडाैं- बैंक अफ काठमाण्डू लिमिटेडले २६औं वार्षिक साधारणसभा सोमबार सम्पन्न गरेकाे छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले समितिको प्रतिवेदन पारित गरेको छ।

सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डबमोजिम तयार वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ।

साधारणसभाले २०७६/०७७ सम्मको सञ्चित मुनाफाबाट २०७६ असार मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पुँजीको १३ प्रतिशतका दरले बोनस सेयर र चुक्ता पुँजीको ३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

प्रकाशित: Nov 30, 2020| 11:02 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्