बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मेगा बैंकका ग्राहकले ‘कर्पोरेट–पे’ बाट डिजिटल भुक्तानी गर्न पाउने

मेगा बैंकका ग्राहकले ‘कर्पोरेट–पे’ बाट डिजिटल भुक्तानी गर्न पाउने

 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं- मेगा बैंक नेपालले आफ्ना संस्थागत ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गर्ने भएको छ।

मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली तथा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)का प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

मेगा बैंकले आफ्ना व्यवसायिक ग्राहकलाई प्रदान गर्ने उक्त डिजिटल माध्यममार्फत् ग्राहकले बैंकमा नगईकनै रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु आफ्नो खाताबाटै गर्न सक्नेछन्।

प्रणालीमार्फत् कनेक्ट आईपीएस अथवा एनसीएचएल–आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा समेत भुक्तानी सम्बन्धी कारोबार गर्न सकिने मेगा बैंकले जनाएको छ।

 

 

कर्पोरेट–पेमा आबद्व हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गरि प्रणाली सुरुवातको लागि स्वीकृतिलगायतका आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।

प्रकाशित: Nov 30, 2020| 10:57 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्