मंगलबार, चैत ३, २०८२

भारतले बलिङको स्तर सुधार गर्नुपर्छ : कोहली

घरेलु टिम अष्ट्रेलियासँग लगातार दुई खेलमा हार बेहोरेपछि भारतीय कप्तान विराट कोहली र उपकप्तान केएल राहुलले फ्ल्याट विकेटमा बलिङको स्तर सुधार गर्नुपर्ने बताएका छन्।
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

एजेन्सी- घरेलु टिम अष्ट्रेलियासँग लगातार दुई खेलमा हार बेहोरेपछि भारतीय कप्तान विराट कोहली र उपकप्तान केएल राहुलले फ्ल्याट विकेटमा बलिङको स्तर सुधार गर्नुपर्ने बताएका छन्।

National life

पछिल्ला दुई एकदिवसीयमा भारतले क्रमशः ३७४ र ३८९ रन को विशाल लक्ष्य पाएको छ। जसले भारतीय ब्याट्स्मेनलाई ठूलो चुनौतीको सामना गर्नु परिरहेको छ। ब्याट्स्मेन राहुलले फ्ल्याट विकेट भएको अवस्थामा आफ्ना बलरहरु सर्तक हुनु पर्ने कुरामा सहमति जनाएका छन्।

‘यो संघर्षपूर्ण भने होइन, तर बलरहरुलाई शान्त भएर खेल्न चाहिँ जरुरी छ। यस्तो कतिबेला हुन्छ भने जब ब्याट्स्मेनले राम्रो प्रदर्शन गरिरहेका हुन्छन्। हामीले सवैतर्फ राम्रो गर्न सकेका छैनौँ तर कसरी राम्रो गर्न सकिन्छ भनेर सोच्नु जरुरी छ,’ उनले भने।

भारतले अहिले लामो समयपछि मात्र ५० ओभरको क्रिकेट खेलिरहेको छ। त्यसैले नजिताको लागि केही समय पर्खिनुपर्ने राहुलको तर्क छ।

उनी भन्छन्, ‘हामीले अष्ट्रेलियासँग धेरै खेल्न बाँकी नै छ। हामीले धेरै राम्रा कुराहरु पनि गरेका छौं। अब राम्रो ब्याटिङ सतहमा बलिङलाई कसरी राम्रो बनाउने भन्ने चिन्ता मात्र बाँकी छ।’

Laxmi sunrise bank
kumari

साथै लामो समयपछि सुरु भएको भारतीय क्याम्पमा अन्तर्राष्ट्रिय क्रिकेटलाई लिएर सकारात्मक भाव भने पैदा भएको छ।

भारतको टिमका भरपर्दा बलर जसप्रित बुमराह हुन्। उनले यो वर्षका आठ एकदिवसीयमा तीन विकेट मात्र लिएका छन्।
‘जसप्रित आक्रोशित र प्रतियोगी दिमाग भएका खेलाडी हुन्। उनी आफूप्रति विश्वस्त छन्। मलाई पनि विश्वास छ उनले राम्रो गर्नेछन्,’ राहुलले बुमराहप्रति आशा व्यक्त गर्दै भने।

उनले च्याम्पियन खेलाडीलाई आफ्नो जादुमयी खेल पस्कने समय आएको पनि बताएका छन्।

त्यस्तै, कप्तान विराट कोहलीले सवैले पूर्ण रुपमा खेले पनि बलिङमा डेलिभर गर्ने ठाउँ अझै बाँकी रहेको बताएका छन्।

‘हामीले पूर्ण खेलिरहेका छौं,’ कोहलीले भने, ‘हाम्रो बलिङ प्रभावकारी भइरहेको छैन। हामीले लगातार ठाउँमा हिर्काउन सकेका छैनौँ। साथै राम्रो ब्याटिङ लाइनअप भएको अष्ट्रेलियाली खेलाडीलाई यो मैदानको पिचको अवस्था र कोण राम्रोसँग थाहा छ।’

भारतको बलिङको लागि उज्यालो पक्ष के पनि हो भने, आशा गरिएको भन्दा चाँडै हार्दिक पण्ड्या बलिङमा फर्किएका छन्।

कोहलीले उनलाई बलिङबारे के विचार छ भनेर सोधेको प्रश्नमा उनले दुई ओभरका लागि सहमति जनाएका थिए। तर पछिल्लो खेलमा चार ओभर बलिङ गर्दैै एक विकेटसमेत लिए।

उनले १०४ रन बनाएका स्टिभ स्मिथलाई पेवेलियन पठाएका थिए।

प्रकाशित: Nov 30, 2020| 10:16 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।