काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन्।
आज सोमबार महासंघमा भएको निर्वाचनमा हिराचनले ४० मत प्राप्त गरेर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी डीबी बस्नेतले ३१ मत प्राप्त गरे।
महासंघको विधानमा कोषाध्यक्ष कार्यसमितिमध्येबाट छानिने व्यवस्था छ।