बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कर्मचारी सञ्चय कोषको कर्जा बैंक अफ काठमाण्डूबाट तिर्न सकिने

कर्मचारी सञ्चय कोषको कर्जा बैंक अफ काठमाण्डूबाट तिर्न सकिने

कर्मचारी सञ्चय कोषबाट ग्राहकले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको छ। 
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं– कर्मचारी सञ्चय कोषबाट ग्राहकले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको छ। 

कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरुले साँवा तथा ब्याज सहितको किस्ता रकम भुक्तानी गर्न कर्मचारी सञ्चय कोषमा नगई बैंकको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । 

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । 

प्रकाशित: Nov 30, 2020| 08:26 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्