आइतबार, असार २८, २०८३

बराबरीमा रोकिएसँगै चेल्सीले शीर्षस्थानमा जाने मौका गुमायो

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्र्तगत आइतबार राति सम्पन्न खेलमा शीर्षस्थानको टोटेनहम चेल्सीसँग गोलरहित बराबरीमा रोकएको छ।
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं- इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्र्तगत आइतबार राति सम्पन्न खेलमा शीर्षस्थानको टोटेनहम चेल्सीसँग गोलरहित बराबरीमा रोकएको छ।

चेल्सीको मैदान स्ट्यामफर्ड ब्रिजमा सम्पन्न खेलमा दुवै टिमले बराबरी खेल्दै अंक बाँडेका हुन्।

बराबरी खेलेसँगै चेल्सीले शीर्षस्थानमा जाने मौका गुमाएको छ भने गोल डिफरेन्सका आधारमा टोटेनहम शीर्षस्थानमा उक्लिएको छ।

पहिलो र दोस्रो स्थानका टोटेनहम र लिभरपुलको समान २१ अंक भए पनि टोटेनहम गोल डिफरेन्सका कारण शीर्षस्थानमा उक्लिएको हो।

यता १९ अंक बनाएको चेल्सी तेस्रो स्थानमा छ। त्यस्तै, एक खेल कम खेलेको लेस्टर सिटी भने १८ अंकका साथ चौथो स्थानमा छ।

खेलपछि टोटेनहमका प्रशिक्षक जोज माहोरिन्होले भने, ‘यो खेलमा धेरै अवसर प्राप्त नै भएन। यसकारण गोल हुन सकेन। यो त्यस्तो खेल हो जहाँ हामी दुवै टिम जित निकाल्न चहान्थ्यौँ। हामी एक अर्कालाई आदर पनि गछौं।’

त्यस्तै, चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डले खेल सोचेजस्तो नभएको बताए।

यो खेलसँगै चेल्सीको शीर्षस्थानमा पूग्ने सपना अधुरै रहेको छ भने टोटेनहमले अंकदुरी बढाउन बाँकी खेल पर्खनु पर्नेछ।
तर बलियो टिम लिभरपुललाई पछि पार्न उसलाई चुनौती रहनेछ।
 

प्रकाशित: Nov 30, 2020| 02:36 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।