आइतबार, असार २८, २०८३

युनाइटेडको जितमा काभानीको सानदार प्रदर्शन

काठमाडौं– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत आइतबार रातिको खेलमा म्यानचेस्टर युनाइटेडले साउथ ह्याम्टनविरुद्ध जित निकालेको छ।
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत आइतबार रातिको खेलमा म्यानचेस्टर युनाइटेडले साउथ ह्याम्टनविरुद्ध जित निकालेको छ।

साउथ ह्याम्टनकै मैदानमा सम्पन्न खेलमा दुई गोलले पछि परेको अवस्थामा पाहुना टिमले ३–२ गोलको जित निकालेको हो।

जसका लागि युनाइटेडका फरवार्ड एडिसन काभानीले तीनै गोलमा योगदान दिए। पहिलो गोलका लागि ब्रुनो फर्नान्डेसलाई पास उपलब्ध गराए भने दोस्रो र तेस्रो गोल आफैं गरे।

बेञ्चमा रहेका काभानी दोस्रो हाफमा मात्र मैदान पस्दै आफ्नो जादुमयी खेल प्रस्तुत गरेका थिए। ३३ वर्षे उरुग्वेयन फरवाडी मेसन ग्रिनवुडको ठाउँमा मैदान पसेका थिए। जहाँ उनले युनाइटेडलाई पुनरागमन जित दिलाए।

उनको खेलबाट उनी अझै जितको भोका रहेको र खेलमा ठूलो प्रभाव जमाउने आक्रोश प्रष्ट  देख्न सकिन्छ। खेल जीवनको उत्तरार्धमा रहेका काभानी यही सिजन मात्र प्रिमियर क्लब युनाइटेड आएका हुन्।

यसअघि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी)मा रहेका काभानीले त्यहाँ उत्कृष्ट प्रदर्शन गरे। साथै ३०१ खेलमा २०० गोल गर्ने रेकर्ड पनि राखेका छन्। उनले ५५६ क्लब खेलमा ३४१ गोल गरिसकेका छन्। त्यस्तै, उरुग्वेका लागि पनि ११६ खेलमा ५० गोल गरेका छन्।

उनी २००७ मा सिरी ए मा डेब्यू गरेयता युरोपियन शीर्ष पाँच लिगमा लियोनेल मेस्सीले ४३५, क्रिस्टियानो रोनाल्डोले ४२१ र जलाटन इब्राहिमोविचले २५३ गोल गरेका छन्। त्यसपछि धेरै गोल गर्ने खेलाडी काभानी नै हुन्।

तर पीएसजीमा पछिल्लो समयको प्रदर्शनका कारण उनको छिपिँदै गएको उमेरका कारण युनाइटेडमा उनको आगमन सन्तोषजनक मानिएको थिएन्।

तर, आजको खेलबाट उनले युनाइटेडका समर्थकलाई ठूलो राहत दिएका छन्। जहाँ पहिलो हाफमा युनाइटेड २–० गोलले पछि थियो। र, दोस्रो हाफमा उनी आएर युनाइटेडलाई जिताए।

खेलपघि युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले उनलाई बेञ्चमा राख्न चहे पनि खेल कौशलका कारण मैदानमा उतार्नु परेको बताएका छन्।

उनले भने, ‘काभानीले च्याम्पियन्स लिगमा इस्तानबुलविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए। जसले उनलाई बेञ्चमा राखिरहन दिँदैन। उनको खेलले नै मैदान चाहन्छ। हामी उनलाई बेञ्चमा राख्न चाहन्छौं तर उनी दिनदिनै राम्रा हुँदै गइरहेका छन्।’

प्रकाशित: Nov 30, 2020| 02:35 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।