मंगलबार, चैत ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बार्सिलोनाको सानदार जितमा म्याराडोनालाई मेस्सीको श्रद्धाञ्जली

बार्सिलोनाको सानदार जितमा म्याराडोनालाई मेस्सीको श्रद्धाञ्जली

७३ औं मिनेटमा मेस्सीले फ्रान्सिस्को ट्रिनाकोको पासमा गोल गरेका थिए। गोल गरेसँगै उनले आफ्नो जर्सी खोले र म्याराडोनाको जर्सी देखाए।
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत आइतबार रातिको खेलमा बर्सिलोनाले फराकिलो जित निकालेको छ। बार्सिलोनाले ओसासुनाविरुद्ध घरेलु मैदानमा ४–० गोलको फराकिलो जित निकालेको हो।

National life

फराकिलो जितका लागि अन्तिम गोल गरेका फरवार्ड लियोनेल मेस्सीले डियागो म्याराडोनालाई श्रद्धाञ्जली दिएका छन्। उनले आफ्नो जर्सी खोलेर म्याराडोना योङ बोइजमा हुँदाको जर्सी देखाउँदै श्रद्धाञ्जली दिए।

पूर्व बार्सिलोना एवम् अर्जेन्टिनी मिलफिल्डर म्याराडोनको गत बुधबार निधन भएको थियो।

७३ औं मिनेटमा मेस्सीले फ्रान्सिस्को ट्रिनाकोको पासमा गोल गरेका थिए। गोल गरेसँगै उनले आफ्नो जर्सी खोले र म्याराडोनाको जर्सी देखाए।

त्यसअघि बार्सिलानाका लागि मार्टिन ब्रेथवेट, एन्टोनी ग्रिजम्यान र फिलिप काउटिन्होले समान १–१ गोल गरेका थिए।

Laxmi sunrise bank
kumari

यससँगै बार्सिलोना १४ अंक बनाउँदै अंकतालिाकाको सातौ स्थानमा उक्लिएको छ। पराजित ओसासुना भने १५ औं स्थानमा छ।

ला लिगाकै आइतबार राति सम्पन्न अर्को खेलमा शीर्षस्थानको रियल सोसिडाडले भिल्लारियलसँग १–१ गोलको बराबरी खेलेको छ। दुवै टिमले गरेको एक गोल पनि पेनाल्टीमा पाएको अवसरमा भएको थियो।

सोडिडाडको मैदानमा सम्पन्न खेलमा बराबरीका साथ दुवै टिमले अंक बाँडेका हुन्। यससँगै सोसिडाडको २४ अंक छ भने भिल्लाको २० अंकका साथ तेस्रो स्थानमा छ।

दुई खेल कम खेलेको एट्लेटिको मड्रिड भने २३ अंकका साथ दोस्रो स्थानमा छ।

त्यस्तै चौथो स्थानको रियल मड्रिडको १७ अंक छ।
    
 

प्रकाशित: Nov 30, 2020| 01:35 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।