आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • दाेस्राे एक दिवसीयमा भारत ५१ रनले पराजित, रिसिज अष्ट्रेलियाको पोल्टामा

दाेस्राे एक दिवसीयमा भारत ५१ रनले पराजित, रिसिज अष्ट्रेलियाको पोल्टामा

अष्ट्रेलियामा जारी आईसीसी सुपरकप अन्तर्गतको तीन एकदिवसीय खेल श्रृंखला अष्ट्रेलियाले जितेको छ।
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं- अष्ट्रेलियामा जारी आईसीसी सुपरकप अन्तर्गतको तीन एकदिवसीय खेल श्रृंखला अष्ट्रेलियाले जितेको छ।

आज (आइतबार) सम्पन्न दोस्रो खेलमा भारतलाई ५१ रनले हराउँदै अष्ट्रेलियाले जितेको हो।

टस जितेर ब्याटिङ राजेको अष्ट्रेलियाले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा ३८९ रन बनाएको थियो। ३९० रनको लक्ष्यका साथ मैदान उत्रिएको भारतले पुरा ओभरमा ९ विकेटको क्षतिमा ३३८ रन मात्र बनाउन सक्यो।

अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ६४ बलमा १०४ रनको सतकीय इनिङ खेले। उनले दुई छक्का र १४ चौका प्रहार गरे।

त्यस्तै, ओपनर डेबिड वार्नर ८३ रन बनाउँदै रनआउट भए भने कप्तान आरोन फिन्चले ६० रन बनाए।

यसबाहेक मार्नुस ल्याबुस्चेन्जले ७० रन र ग्लेन म्याक्सवेल ६३ रनमा नट आउट भए।

भारतका मोहम्मद शामी, जसप्रिम बुमराह र हार्दिक पाड्याले समान १–१ विकेट लिए।

जवाफी ब्याटिङमा आएको भारतका मयंग अग्रवाल र शिखर धवनले क्रमशः २८ र ३० रन बनाए।

कप्तान विराट कोहलीले सर्वाधिक ८९ रन बनाएको खेलमा श्रेयस अयरले ३८ र केएल राहुलले ७६ रन बनाए भने हार्दिक पाण्ड्याले २८ रन बनाए।

अष्ट्रेलियाका लागि पट कमिन्सले तीन विकेट लिए भने जोस हाज्लेवुड र एडम जम्पाले दुई विकेट लिए त्यस्तै माइसेस हेन्रिक र ग्लेल म्याक्सवेलले १–१ विकेट लिए।

तेस्रो खेल २ डिसेम्बरमा हुनेछ।

प्रकाशित: Nov 29, 2020| 12:17 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।