मंगलबार, चैत ३, २०८२

न्युजिल्यान्डले जित्यो टी–२० श्रृंखला

न्युजिल्यान्डमा जारी अन्तर्राष्ट्रिय टी–२० श्रृंखलाको दोस्रो खेलमा घरेलु टिमले वेस्ट इन्डिजलाई ७२ रनले हराएको छ। 
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं– न्युजिल्यान्डमा जारी अन्तर्राष्ट्रिय टी–२० श्रृंखलाको दोस्रो खेलमा घरेलु टिमले वेस्ट इन्डिजलाई ७२ रनले हराएको छ। 

National life

माउन्ट माउनगान्वीमा सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले सानदार जित निकालेको हो। जितसँगै तीन खेलेको श्रृंखला पनि घरेलु टिमले जितेको छ।

आइतबार बिहान सम्पन्न खेलमा पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले पूरा ओभर खेलेर तीन विकेट गुमाउँदै २३८ रन बनाएको थियो।

२३९ रनको विसाल लक्ष्यका साथ मैदान छिरेको वेस्ट इन्डिज पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा १६६ रनमा समेटियो।

जितका लागि न्युजिल्यान्डका ग्लेन फिलिप्सले १०८ रनको सतकिय पारी खेले। उनले आठ चौका र १० छक्काको मद्दतमा सो रन जोडेका हुन्। ५१ बलमा १०८ रन हानेर उनले कीर्तिमान बनाएका छन्।

Laxmi sunrise bank
kumari

त्यस्तै डेवन कन्वे ६५ रनमा नटआउट भए भने मार्टिन गुप्तिलले ३४ रन बनाए। वेस्ट इन्डिजका ओसाने थोमस, फाबियन अलन र किरोन पोलार्डले समान १–१ विकेट लिए।

जवाफी ब्याटिङमा आएको वेस्ट इन्डिजका कप्तान किरोन पोलार्डले सबैभन्दा धेरै २८ रन बनाए। त्यस्तै, किमो पाउलले २६ रन जोड्दा शिमरोन हेट्मायरले २५ रन बनाए।

खेलमा आन्द्रे फ्लेचर र केयले मयर्सले समान २०–२० रन बनाए। यता न्युजिल्यान्डका केयले ज्यामिसन र माइकल सन्तनरले समान २–२ विकेट लिए। १–१ विकेट लिनेमा टिम साउथी, लकी फर्ग्युसन, इस सोधी र जेम्स निसम रहे।

त्यस्तै, न्युजिल्यान्ड र वेस्ट इन्डिजको खेलमा अर्को रेकर्ड पनि बनेको छ। खेलमा कन्वे र फिलिप्सले १८४ रनको कीर्तिमानी साझेदारी गरेका छन्।

यसअघिको सबैभन्दा ठूलो साझेदारी १७१ रनको थियो। सन् २०१६ मा न्युजिल्यान्डका मार्टिन गुप्तिल र केन विलियम्सनले पाकिस्ताविरुद्ध १७१ रनको साझेदारी गरेका थिए। न्युजिल्यान्डले अन्तिम १० ओभरमा १५४ रन बनाएको थियो।

अन्तिम १० ओभरमा बनेको यो विश्वकै तेस्रो उच्च स्कोर हो। यसअघि श्रीलंकाले केन्याविरुद्ध १५९ रन बनाएको छ भने अफगानिस्तानले आयरल्यानविरुद्ध १५६ रन बनाएको छ।

श्रीलंकाले सन् २००७ मा सो कीर्तिमानी बनाएको थियो भने अफगानिस्तानले गत वर्ष देहरादुनमा भएको एक प्रतियोगितामा दोस्रो उच्च स्कोर जोडेको थियो।

प्रकाशित: Nov 29, 2020| 06:27 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।