सोमबार, भदौ २९, २०८३

स्ट्याण्डर्ड टेलर्सको अफर– ६ हजारमा सुट 

स्ट्याण्डर्ड टेलर्स बागबजारले ‘बम्पर अफर’ ल्याएको छ। 
 |  शनिबार, मंसिर १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०७७

काठमाडौं– स्ट्याण्डर्ड टेलर्स बागबजारले ‘बम्पर अफर’ ल्याएको छ। 

अफरअन्तर्गत पसलमा उपलब्ध जुनसुकै कपडाको सुट ६ हजारमा किन्न सकिन्छ। यसमा सिलाईसमेत जोडिएको सञ्चालक दुर्गालाल प्रधानले जानकारी दिए। 

अफरका सुट ग्राहकले आफैंले कपडा छानेर वा रेडिमेड जुनसुकै पनि किन्न सक्ने छन्। 

 

यसअघि ११ हजारमाथि बिक्री गरिरहेको सुटलाई करिब आधा छुटमा बेचिरहेको उनको भनाइ छ। यो योजना १४ मंसिरमा सुरु भएर एक महिनासम्म लागू हुने छ।

 

कोरोना महामारीले लामो समय व्यवसाय ठप्प भएपछि सञ्चालन खर्च उठाउनकै लागि ‘स्टक क्लियरेन्स’ अन्तर्गत ‘बम्पर अफर’ ल्याएको प्रधानले बताए। उनले भने, ‘अफरले ग्राहकलाई राहत त पक्कै मिल्छ। हामीलाई पनि चल्न केही सहज हुन्छ।’ 

सुटबाहेक सर्ट र पाइन्टमा पनि स्ट्याण्डर्ड टेलर्सले अफर ल्याएको छ। ग्राहकले एक हजार ५०० मा पाइन्ट र एक हजारमा छानीछानी सर्ट किन्न सक्ने छन्। 

यसका साथै स्ट्याण्डर्ड टेलर्सको बागबजारमै रहेका अन्य शाखामा विवाहको लागि आवश्यक ढाकाको दौरा सुरुवाल, टोपीलगायत सम्पूर्ण सामग्री पनि उपलब्ध रहेको प्रधानले जानकारी दिए। 

प्रकाशित: Nov 28, 2020| 01:58 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्